ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन पैदावारबाट करिब पाँच करोड राजस्व संकलन


abc news
श्रावण ११, २०८२ आईतबार  ३ : ४१ बजे

काठमाडौ ११ साउन । एक वर्षको अवधिमा दाङमा वन पैदावारबाट चार करोड ६२ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालय घोराहीले आर्थिक वर्ष २०८१र०८२ मा वन पैदावारबाट चार करोड ६२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

जिल्लामा काठ दाउरा बिक्री गर्दा सामुदायिक वन समूहबाट तीन करोड ३४ लाख, सरकारद्वारा व्यवस्थित वनबाट ६९ लाख ४४ हजार र निजी वनबाट ३३ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी गैरकाष्ठ ९जडिबुटी० बाट दुई लाख ७३ हजार, बेवारिसे तथा दरियाबुर्दी काठ दाउरा बिक्री गर्दा १९ लाख ९१ हजार र सल्लाको खोटोबाट दुई लाख ७१ हजार राजस्व संकलन भएको छ ।

जिल्लामा काठ दाउरा बिक्रीबाट संकलन भएको पाँच करोड ७४ लाख ७१ हजार र सल्लाको खोटो बिक्रीबाट आम्दानी भएको १ लाख ३७ हजार गरी पाँच करोड ९३ लाख वन समूहको कोषमा जम्मा कार्यालयका सूचना अधिकारी टेकनप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार दुई करोड ७८ लाख राजस्व प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।

संघीय वन ऐन २०७६ ले आम्दानीको २५ प्रतिशत रकम वन व्यस्थापन र बाँकीको २५ प्रतिशत कटाएर गरिबी न्यूनीकरण, महिला सशक्तीकरण र वन उद्यमका लागि खर्च गर्ने व्यवस्था गरेको र सोही अनुसार वन समूहले कार्य गर्दै आएको कार्यालयले जनाएको छ । यसैगरी लुम्बिनी प्रदेश वन ऐन २०७८ का अनुसार आम्दानीको ४० प्रतिशत वन व्यवस्थापनसँगै बाँकी रकम समुदायको विकासका लागि खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

साढे दुई लाखभन्दा बढी क्यूफिट काठ उत्पादन जिल्लामा आर्थिक वर्ष २०८१र०८२ मा दुई लाख ६३ हजार ४५१।५५ क्यूफिट काठ उत्पादन भएको छ । यस वर्ष सामुदायिक, राष्ट्रिय र निजी वनबाट दुई लाख ३० हजार १७७।३१ क्यूफिट काठ उत्पादन हुने अनुमान गरिए पनि अनुमान भन्दा बढी दुई लाख ६३ हजार ४५१।५५ क्यूफिट काठ उत्पादन भएको हो ।

कार्यालयका अनुसार ९९ वटा सामुदायिक वनबाट एक लाख ९९ हजार ९६८।५८ क्यूफिट, राष्ट्रिय वन ९चक्ला वन० बाट चार हजार १९८।२६ क्यूफिट र निजी वनबाट ५९ हजार २०४।९१ क्यूफिट काठ संकलन भएको छ । उत्पादन भएकामध्ये ४७ हजार ७०४।४१ क्यूफिट काठ समूहभित्र आन्तरिक खपत, २९ हजार ८१३।८५ क्यूफिट काठ समूह बाहिर बिक्री भएको छ भने एक लाख २२ हजार ६३०।५० क्यूफिट काठ बिक्री नभएर वन समूहले घाटगद्दी गरेर राखेको छ ।

यसैगरी घोराही डिभिजन वन कार्यालय अन्तर्गत एक वर्षको अवधिमा एक हजार २०।९६ क्यूफिट दाउरा उत्पादन भएको छ । ५२६।३७ क्यूफिट दाउरा उत्पादन हुने अनुमान गरिए पनि करिब दोब्बर अर्थात एक हजार २०।९६ क्यूफिट दाउरा उत्पादन भएको छ । उत्पादन भएको १९९ क्यूफिट दाउरा वन समूहभित्र आन्तरिक रूपमा खपत भएको छ । ६०।८५ क्यूफिट समूह बाहिर बिक्री भएको छ भने ४८६।७४ क्यूफिट दाउरा घाटगद्दी गरेर वनमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com