ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन पैदावारबाट करिब पाँच करोड राजस्व संकलन


abc news

काठमाडौ ११ साउन । एक वर्षको अवधिमा दाङमा वन पैदावारबाट चार करोड ६२ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालय घोराहीले आर्थिक वर्ष २०८१र०८२ मा वन पैदावारबाट चार करोड ६२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

जिल्लामा काठ दाउरा बिक्री गर्दा सामुदायिक वन समूहबाट तीन करोड ३४ लाख, सरकारद्वारा व्यवस्थित वनबाट ६९ लाख ४४ हजार र निजी वनबाट ३३ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी गैरकाष्ठ ९जडिबुटी० बाट दुई लाख ७३ हजार, बेवारिसे तथा दरियाबुर्दी काठ दाउरा बिक्री गर्दा १९ लाख ९१ हजार र सल्लाको खोटोबाट दुई लाख ७१ हजार राजस्व संकलन भएको छ ।

जिल्लामा काठ दाउरा बिक्रीबाट संकलन भएको पाँच करोड ७४ लाख ७१ हजार र सल्लाको खोटो बिक्रीबाट आम्दानी भएको १ लाख ३७ हजार गरी पाँच करोड ९३ लाख वन समूहको कोषमा जम्मा कार्यालयका सूचना अधिकारी टेकनप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार दुई करोड ७८ लाख राजस्व प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।

संघीय वन ऐन २०७६ ले आम्दानीको २५ प्रतिशत रकम वन व्यस्थापन र बाँकीको २५ प्रतिशत कटाएर गरिबी न्यूनीकरण, महिला सशक्तीकरण र वन उद्यमका लागि खर्च गर्ने व्यवस्था गरेको र सोही अनुसार वन समूहले कार्य गर्दै आएको कार्यालयले जनाएको छ । यसैगरी लुम्बिनी प्रदेश वन ऐन २०७८ का अनुसार आम्दानीको ४० प्रतिशत वन व्यवस्थापनसँगै बाँकी रकम समुदायको विकासका लागि खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

साढे दुई लाखभन्दा बढी क्यूफिट काठ उत्पादन जिल्लामा आर्थिक वर्ष २०८१र०८२ मा दुई लाख ६३ हजार ४५१।५५ क्यूफिट काठ उत्पादन भएको छ । यस वर्ष सामुदायिक, राष्ट्रिय र निजी वनबाट दुई लाख ३० हजार १७७।३१ क्यूफिट काठ उत्पादन हुने अनुमान गरिए पनि अनुमान भन्दा बढी दुई लाख ६३ हजार ४५१।५५ क्यूफिट काठ उत्पादन भएको हो ।

कार्यालयका अनुसार ९९ वटा सामुदायिक वनबाट एक लाख ९९ हजार ९६८।५८ क्यूफिट, राष्ट्रिय वन ९चक्ला वन० बाट चार हजार १९८।२६ क्यूफिट र निजी वनबाट ५९ हजार २०४।९१ क्यूफिट काठ संकलन भएको छ । उत्पादन भएकामध्ये ४७ हजार ७०४।४१ क्यूफिट काठ समूहभित्र आन्तरिक खपत, २९ हजार ८१३।८५ क्यूफिट काठ समूह बाहिर बिक्री भएको छ भने एक लाख २२ हजार ६३०।५० क्यूफिट काठ बिक्री नभएर वन समूहले घाटगद्दी गरेर राखेको छ ।

यसैगरी घोराही डिभिजन वन कार्यालय अन्तर्गत एक वर्षको अवधिमा एक हजार २०।९६ क्यूफिट दाउरा उत्पादन भएको छ । ५२६।३७ क्यूफिट दाउरा उत्पादन हुने अनुमान गरिए पनि करिब दोब्बर अर्थात एक हजार २०।९६ क्यूफिट दाउरा उत्पादन भएको छ । उत्पादन भएको १९९ क्यूफिट दाउरा वन समूहभित्र आन्तरिक रूपमा खपत भएको छ । ६०।८५ क्यूफिट समूह बाहिर बिक्री भएको छ भने ४८६।७४ क्यूफिट दाउरा घाटगद्दी गरेर वनमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com