भक्तपुर, १० साउन । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य हुने बताएका छन्।
नेपाल प्रेस सोसाइटीले शनिबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भण्डारीको एमाले सदस्यता र राजनीतिक पुनः सक्रियता ‘गौण विषय’ भएको दाबी गरे।गौतमले भने, उहाँ राष्ट्रपतिको पदमा निर्वाचित भएपछि स्वाभाविक रूपमा पार्टी सदस्यता नवीकरण नगरिएको हो। त्यसैले अहिलेको विवाद केवल प्रचारको विषय होउनले एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध गर्ने गरी तीन विषयमा विधिवत् छलफलपछि निर्णय गरेको पनि जानकारी दिए । केपी ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोपहरू निराधार छन्,ु गौतमले भने, ुबैठक सर्वसहमतिको वातावरणमा सम्पन्न भएको हो।







प्रतिक्रिया दिनुहोस्