काठमाडौ ९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि नैतिक प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अदालतले नैतिक प्रश्न उठाइसकेपछि पदमा बसिरहनु पनि उचित नरहेको बताए ।
‘अख्तियार प्रमुखमाथि अदालतले नै नैतिक प्रश्न उठाइसकेपछि उहाँलाई पदमा निरन्तरता दिनु र नैतिक धरातल गुमाइसकेका व्यक्तिहरू पदमा बसिरहनु कुनै पनि अर्थमा स्वभनीय हुन सक्दैन,’ सांसद घर्तीले भने ।
यो विषयमा सरकारले जवाफ दिनुपर्ने माओवादीको माग छ ।







प्रतिक्रिया दिनुहोस्