ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा सदस्यता नवीकरण रोकिएपछि नयाँ रणनीति सार्वजनिक गर्दै विद्या भण्डारी


abc news

काठमाडौ ९ साउन । नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ रणनीति बनाउने तयारी गरेकी छन्।

त्यसकै तयारीस्वरुप शुक्रबार दिउँसो भण्डारीले काठमाडौँको बबरमहलस्थित कार्की ब्यंक्टेटमा पत्रकार सम्मेलन गर्दैछिन्।

पत्रकार सम्मेलन गरेर भण्डारीले आफ्नो रणनीति सार्वजनिक गर्न लागेकी हुन्।

भण्डारी पक्षीय नेताहरूका अनुसार अब उनले देश दौडाहा थाल्नेछिन्। त्यसैगिर एमालेका विधान महाधिवेशन प्रतिनिधिसँग पनि उनले छलफल र भेटघाट गर्ने तयारी छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि भण्डारीले शुक्रबारदेखि नै पार्टी गतिविधिमा सक्रिय भएको सन्देश दिन लागेकी हुन्।

‘एमालेमा मेरो योगदान छ। नेता(कार्यकर्ताले न्याय गर्नुहुनेछ भन्ने उहाँको विश्वास छ,’ भण्डारीलाई भेटेका एक एमाले नेताले भने, ‘अब उहाँ राष्ट्रिय महाधिवेशनसम्म पर्ख र हेरको नीतिमा रहेर देशभर पुग्नुहुनेछ।’

ती नेताका अनुसार अहिलेको लागि भण्डारी कार्यकर्तासँगको भेटघाटमा केन्द्रित हुनेछिन्।

पार्टी सदस्यता नवीकरण भइसकेको रोक्ने निर्णयको राजनीतिक रुपमै जवाफ दिने योजना भण्डारीको छ।

‘आफूलाई सदस्यताविहीन बनाउने कदमले अन्तरपार्टी संघर्ष निम्त्याएको उहाँको बुझाइ छ। यसको समाधान राजनीतिक तबरले नै दिनुपर्छ भन्ने छ,’ ती नेताले भने, ‘अब उहाँ जिल्ला दौडाहामा निस्कनु हुन्छ। सबै जिल्ला पुग्ने चाहना उहाँमा देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com