ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा एनआरएनए निर्वाचन सरगर्मी, अध्यक्षमा तीन उम्मेदवार


abc news

काठमाडौ ८ साउन । लन्डन । बद्री केसी पक्षको एनआरएनए यूके यतिखेर १२औं कार्यसमिति चयनका लागि निर्वाचनमा होमिएको छ । जुलाई २६ शनिबार अनलाइन मतदानको तयारी छ ।

धेरै पद निर्विरोध भएपनि अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित केही ‘भाइटल पोष्ट’ मा निर्वाचन नै गर्नुपर्ने अवस्था आएको हो ।

एनआरएनए यूके अध्यक्ष पदका लागि तीन उम्मेदवार राजेन्द्र पुडासैनी, गोविन्द खरेल र मनिष खत्री आ(आफ्ना एजेण्डासहित मतदातासमक्ष पुगिरहेका छन् ।

स्टकल्याण्ड राज्य परिषदको सचिव, उपाध्यक्ष हुंदै एनआरएनए यूके एनसीसी उपाध्यक्ष खत्रीले उमेर भन्दा योग्यतालाई हेरेर मतदान दिन सबैमा अपिल गरेका छन् ।

पेशाले सफ्टवेयर इन्जिनियर उनी आफूलाई स्वतन्त्र उम्मेदवार भन्न रुचाउँछन् । ‘संस्थागत एकता, समावेशी नेतृत्व’ नारा लिएर मैदानमा उत्रिएका मनिषसंग श्रोत र निर्णय शक्तिसहित संयुक्त अधिराज्यका चारै राज्यहरुलाई अधिकार दिएर सशक्त बनाउने एजेण्डा छ ।

वंशजको नेपाली नागरिकता अभियान, गोर्खाजका अधिकार, बेलायतका स्कुलमा नेपाली भाषा कक्षा, नेपालको पहिचान जोगाउन र नेपाली खाना एवं पर्यटनलाई अन्तर्राष्ट्रिय प्रचार प्रसार, मातृभूमिको समृद्धिमा पहल आफ्नो नेतृत्व लाग्ने उनको प्रतिवद्धता छ ।

एडिनबरा नेपियर युनिभर्सिटीमा करिब १८ हजार विद्यार्थीहरुको युनियन अध्यक्ष भएर विद्यार्थीका पोष्ट स्टडी वर्क लगायत धेरै समस्या बेलायत सरकारसम्म लगेको उनको भनाइ छ ।

अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र पुडासैनीले संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्पका साथ अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

पुडासैनीका १० मुख्य एजेण्डा छन् । उनले लिडरसीप क्राइसीसबीच संघलाई रिब्रान्डिङ, वृहत्तर राष्ट्रवाद ९एक्सटेन्डेड नेशनलिजम०, संस्थागत एकता सुदृढ संगठन, दुःख र आपतकालमा सहारा, युवा तथा दोश्रो पुस्तालाई एनआरएनप्रति आकर्षण, लगानी, ज्ञान र सीप हस्तान्तरण गरि सुन्दर नेपाल निर्माणमा योगदान, भूतपूर्व गोर्खा र वरिष्ठ नागरिकको सम्मान, नेपाली कला संस्कृतिको संरक्षण र पहिचान, एकपटकको नेपाली सधैंको नेपाली भएकाले मातृभूमिसंग जोडिइराख्न वंशजको नेपाली नागरिकता निरन्तरता, संघसंस्थाहरुसंगको सहकार्य, विज्ञहरुको सञ्जाल निर्माण, पुस्तान्तरण अभियान, दीगो र भरपर्दो एनआरएन, सबै नेपालीको आस्थाको पुञ्ज साझा घर नेपाल हाउस बनाउने जस्ता आफ्ना मुख्य एजेन्डा प्रस्तुत गरे ।

‘एनआरएनए यूके सबैको साझा संस्था हो, यो सम्पूर्ण सदस्यहरुको सामूहिक पहिचान र गौरव पनि हो’, पुडासैनीले भने, ‘यो संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्पका साथ मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।’

उता, इंग्ल्याण्ड नटिङहाम निवासी गोविन्द खरेल पनि अध्यक्ष उम्मेदवार छन् ।

एनआरएनए यूकेको २०२२ देखि २०२३ मा उपाध्यक्ष र २०२३ देखि २०२५ कार्यकाल अर्थात अहिले महासचिवको जिम्मेवारीमा रहेका उनले अध्यक्षको दावी गर्दै गर्दा आफ्ना खास एजेण्डाहरु वंशजको नेपाली नागरिकता निरन्तरता, एनआरएनए यूकेबीच एकता गरि सामाजिक सौहाद्र्रता कायम गर्ने, राज्य समन्वय परिषद र एनसीसीबीच एकता र प्रगाढ सम्बन्ध, नयां र पुरानो पुस्तालाई एनआरएनए यूकेभित्र अटाउन प्रयत्न, एनसीसी र आइसीसीबीच द्विविधा र दुरी बढिरहंदा व्यवहारिक बनाइ विधान संशोधन गर्ने अठोट सार्वजनिक गरेका छन् ।

त्यस अलवा मातृभूमिको समृद्धि र आपतविपतमा साथ दिने, गोर्खा मुद्दामा पहल र ऐक्यद्धता, धार्मिक, सामाजिक, जातीय संघसंस्थाहरुबीच सबैको साझा संस्थाका रुपमा एनआरएनए यूकेलाई स्थापित गर्न पहल गर्ने उनको प्रतिवद्धता छ । विदेशमा रहेको युवा पिंढीलाई मातृभूमिसंग जोडिने वातावरण बनाउन आवाज उठाउने पनि उनको प्रण छ ।

तर, प्रेम गाहा मगर नेतृत्वको एनआरएनए यूकेले भने आसन्न निर्वाचन र अधिवेशन ‘अवैधानिक’ एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ ।

गाहामगरले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर केन्द्रमा महेश श्रेष्ठ र सोही अनुरुप एनआरएनए यूकेको नेतृत्व आफूलाई आइसकेको प्रष्ट्याउंदै भ्रममा नपर्न आग्रह गरे ।

केन्द्रदेखि विश्वभर विभाजित एनआरएनएको प्रभाव यहां झन् बढी परेको छ । नेपाली समुदायलाई एनआरएनएप्रति चासो नै छैन् ।

दुई लाख बढी नेपाली जनसंख्या रहेको अनुमान गरिने संयुक्त अधिराज्य ९यूके० मा मतदाता संख्या जम्मा ३ हजार ५०१ छ जसमध्ये इंग्ल्यान्डबाट १ हजार ८ सय ६०, स्कटल्यान्डबाट १ हजार ५ सय १३, वेल्सबाट ७४ र नर्दन आयरल्यान्डबाट ५४ जना रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com