साउन ६ । रसुवा – गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक सञ्चालनमा आएको छ ।
सडक सञ्चालनमा आएसँगै हिजोदेखि काठमाण्डौ–टिमुरे बस गुड्न थालेको छ । नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाण्डौबाट यात्रुबाहक बस टिमुरे पुगेको हो ।
बाढीपछि टिमुरेको जनजीवन क्रमिक रूपमा सहज बन्दै गएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताउनुभयो ।
मितेरी पुल भत्किएर केरूङ जाने सम्भावना नरहेपछि टिमुरे तथा घट्टेखोला र रसुवागढी आसपासमा छेकिएका ट्रक तथा कन्टेनर फर्किन थालेका छन् ।
ट्राफिक प्रहरीका अनुसार १५ वटाभन्दा बढी गाडी रित्तै काठमाण्डौतर्फ फर्किएका हुन् । यसैगरी चीनबाट आयात गरी टिमुरेमा राखिएका दर्जनाँै विद्युतीय कार धमाधम काठमाण्डौ लैजान थालिएको छ ।







प्रतिक्रिया दिनुहोस्