ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सेनाले सहायताको पर्खाइमा रहेका ६७ जनाको हत्या गर्‍याे : हमासद्वारा सञ्चालित मन्त्रालय


abc news
श्रावण ५, २०८२ सोमबार  ५ : ०६ बजे

काठमाडौ ५ साउन । इजरायली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसङ्घको सहायता ट्रकहरूको पर्खाइमा रहेका कम्तीमा ६७ जनाको हत्या गरेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी० ले आफ्ना २५ वटा ट्रकको लस्कर इजरायलबाट सीमा पार गरेर जाँचचौकीबाट अगाडि बढ्नासाथ भोका सर्वसाधारण मानिसहरूको भीडमाथि गोली प्रहार भएको बताएको बीबीसीले जनाएको छ । सहायता बोकेर आएको ट्रक देख्नासाथ सर्वसाधारणको ठूलो भीड जम्मा भएको थियो ।

इजरायली रक्षा बल ९आईडीएफ० ले भने तत्कालको खतरा हटाउने उद्देश्यले चेतावनी दिन केही गोली चलाएको र ज्यान गुमाउनेको सङ्ख्या त्यति नभएको दाबी गरेको खबरमा उल्लेख छ ।

हिजो मन्त्रालयले गाजामा अत्यधिक भोकमरी बढिरहेको र अत्यधिक थकानका साथ आफ्ना केन्द्रहरूमा आइपुग्ने मानिसहरूको सङ्ख्या बढ्दै गएको बताएको थियो । मन्त्रालयले भोकमरीका कारण सयौं मानिसहरू मृत्युको जोखिममा रहेका चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पनि गाजामा सर्वसाधारण मानिसहरू भोकका कारण ज्यान गुमाउने अवस्थामा पुगेको भन्दै त्यहाँ तत्काल अत्यावश्यक सामान पठाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com