ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो


abc news
श्रावण ५, २०८२ सोमबार  २ : १७ बजे

काठमाडौ ५ साउन । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् ।

राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् ।

राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो ।

नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर कतिपय एमाले नेताहरूले ‘एकताको सन्देश’ भनिरहेका छन् । तर उच्च स्रोतका अनुसार हाँस्दै बाहिरिएका ओली र भण्डारीबीचको सम्वाद सार्वजनिक टिप्पणी जस्तो थिएन । बरु एकले अर्कालाई गलाउने, र अप्ठ्यारो पार्नेगरी चलेको थियो ।

ओली आफू निकट नेताहरूले भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको सार्वजनिक अभिव्यक्ति दिएकोमा सम्वाद केन्द्रीत थियो । ‘विद्या भण्डारीको सदस्यता नवीकरण होल्डमा राखिएको, नवीकरण नै नहुने र राजनीतिमै आउन नदिने जस्तो कुरा ओली नजिक भनिने नेताहरूले सार्वजनिक रुपमै भनिरहनु भएको,’ भंगाल स्रोत भन्छ, ‘पूर्वराष्ट्रपतिले यसैबारे अध्यक्षको धारणा माग्नु भएको थियो ।’

सचिवालय र पोलिटब्यूरो बैठकमा नभएको कुरालाई निर्णय भनी प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पत्रकारहरूलाई सुनाएको प्रसंग पनि भण्डारीले उठाएकी थिइन् । ‘बैठकबाट कुनै निर्णय भएको हुँदैन, अनि छलफलमा कसैले उठाएको कुरालाई निर्णय भनेर सार्वजनिक गर्न मिल्छ रु,’ भण्डारीको प्रश्न थियो ।

स्रोतका अनुसार ओलीले भने सदस्यता नवीकरणको विषयमा समस्या नै नरहेको बताएका थिए । ‘तपाईंको सदस्यतामा समस्या होइन, त्यो प्राविधिक कुरा हो, भइहाल्छ,’ ओलीले भनेका थिए, ‘मैले राजनीतिक कुरा गर्न खोजेको हो ।’ ओलीले राजनीतिक विषय भनेर पूर्वराष्ट्रपतिको प्रसंग उठाएका थिए ।

‘पूर्वराष्ट्रपतिले राजनीतिमा आउँदा राम्रो सन्देश जाँदैन । तपाईं नआउनुस्’, ओलीको आग्रह थियो, ‘सम्मान लिएर बस्दा नै ठीक हुन्छ ।’

जवाफमा पूर्वराष्ट्रपति भण्डारीले भने धेरै अगाडि बढिसकेको बताइन् । ‘सदस्यता नवीकरण यसपटकको कुरा होइन । पोहोरै भइसकेको हो । तपाईसँग धेरैचोटी कुरा पनि भएकै हो’, पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् ।

तर, अहिले सदस्यता नवीकरणको कुरा उठाएर मुद्दा विषयान्तर गरिनु ठीक नहुने पनि भण्डारीले बताएकी थिइन् । अगाडि बढेर भण्डारीले अब च्यासलमा आफू नियमित आउने पनि जानकारी दिएकी थिइन् । च्यासल नियमित आउने सन्दर्भमा भने ओलीले स्वागत गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com