ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इङ्ग्ल्यान्डले आउँदो तीन विश्व टेस्ट च्याम्पियनशिप फाइनल आयोजना गर्ने


abc news
श्रावण ५, २०८२ सोमबार  २ : ०९ बजे

काठमाडौ ५ साउन । इङ्ग्ल्यान्डले आउँदो तीन आईसीसी विश्व टेस्ट च्याम्पियनशिप डब्ल्यूटीसी को फाइनल आयोजना गर्ने भएको छ । सिङ्गापुरमा भएको वार्षिक बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले इङ्ग्ल्यान्डलाई सन् २०२७, २०२९ र २०३१ मा हुने ३ विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आयोजना गर्ने जिम्मेवारी दिएको हो ।

यसअघि इङ्ग्ल्यान्डले सन् २०२१ देखि लगातार ३ वटै फाइनल आयोजना गरेको थियो । लर्ड्समा गएको जुनमा भएको फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले हराएको थियो ।

यद्यपि सन् २०२७ देखि विश्व टेस्ट च्याम्पियनशिप फाइनलको आयोजक फेरिन सक्ने अनुमान थियो । तर आईसीसीले इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड ९ईसीबी० सफल आयोजना रेकर्डलाई उद्धृत गर्दै उसलाई फेरि आयोजकका रूपमा रोजेको हो ।

जुन विन्डो अर्थात् इन्डियन प्रिमियर लिग आईपीएल पछि तुरुन्तै र अङ्ग्रेजी गर्मीयामको शुरुआतमा धेरै अन्तर्राष्ट्रिय खेलहरू नहुने हुँदा यो बेलालाई आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनल आयोजना गर्न उपयुक्त समय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com