ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको तर्क : ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ


abc news

काठमाडौ ४ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्ने सूचना सार्वजनिक भएपछि ठूलो संख्यामा समर्थकहरू च्यासल पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने योजना अध्यक्ष ओलीले शनिबारको पोलिटब्युरो बैठकमै सुनाएका थिए । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण, पार्टी भूमिका लगायतबारे बसेरै टुंग्याउने ओलीले बताएका थिए ।

त्यसैअनुसार ओलीले आज पूर्वराष्ट्रपति भण्डारी र उनी निकट नेताहरूसँग संवादको योजना बनाएका हुन् । स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीका बारेमा छलफल गर्नकै निम्ति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ओलीले बालुवाटार बोलाएका थिए । पोखरेलसँगको संवाद सकेर पूर्व राष्ट्रपतिसँग कुरा गर्ने ओलीको योजना थियो ।

तर भण्डारी बालुवाटार जान मानिनन् । ‘अस्ति ३ जेठमा बालुवाटार गएर कुरा गरेकै हो, तर त्यो भेटको कुरालाई अध्यक्षले मान्यता दिनुभएन । र, सल्लाह विना राजनीतिमा आउने घोषणा गरेको कुरा भनिरहनुभएको छ’, भण्डारी निकट स्रोत भन्छ, ‘बालुवाटारको कुरा रेकर्डमा रहँदैन भने च्यासलमै बसौं भनिएको हो ।’

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने अभिव्यक्ति र पार्टी नेतृत्व हस्तान्तरण नगर्ने ओलीको अडानका कारणले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । च्यासलमा शीर्ष नेताहरू र भण्डारी समर्थक युवा(विद्यार्थीको भीड लाग्नुले पनि आजको भेटवार्ताको महत्व अनुमान लगाउन सकिन्छ ।

नेताहरूकै दबाब

शनिबारको पोलिटब्युरो बैठकमा सहभागी नेताहरूका अनुसार पूर्व राष्ट्रपति भण्डारीसँग वार्तामा बस्न ओलीलाई अधिकांश नेताहरूले सुझाव दिएका थिए ।

‘पूर्व राष्ट्रपतिले राजनीतिमा सक्रिय हुने सार्वजनिक घोषणा गरिसकेपछि थप कुराकानी गर्ने दायित्व पार्टी अध्यक्षकै हुने तर्क अधिकांश पोलिटब्युरो सदस्यहरूले गरेका थिए’, एक नेताले भने । ती नेताका अनुसार लगभग बैठक हलकै सुझाव मिल्दो थियो ।

‘हिजो तपाईंहरू ९ओली र भण्डारी० मिलेर आउनुभएको हो । अब पनि मिलेरै अगाडि बढ्नुपर्छ भन्ने मत बैठकमा लगभग साझा थियो’, उनी भन्छन् । पूर्वराष्ट्रपति भण्डारीसँग वार्ता मार्फत एउटा निकास दिनुपर्छ भन्ने ओलीलाई उनी निकटकै नेताहरूले पनि दिएका थिए ।

‘दुवैतिर झुकाव राख्नेहरूले भित्र कुरा गरौं, बाहिर विभाजित अभिव्यक्ति नदिऔं भन्ने नै थियो’, अर्का पोलिटब्युरो सदस्य भन्छन् । अन्ततस् बैठक समापन गर्दै ओलीले पनि भण्डारीसँग सदस्यता नवीकरण, पार्टीमा भूमिका लगायतबारे गरेर एउटा टुंगोमा पुग्ने आश्वासन दिएका थिए ।

‘उमेर हद नमान्ने, नेतृत्व नछोड्ने’

पूर्व राष्ट्रपति भण्डारीसँग भेटेरै कुरा गर्न तयार भएका ओलीले पोलिटब्युरोका नेताहरूसँग भने नेतृत्व नछोड्ने प्रष्ट सन्देश दिएका छन् ।

बैठक स्रोतका अनुसार ओलीले पूर्वराष्ट्रपति भण्डारीप्रति चर्को आक्रोश नै पोखेका थिए । आफूसँग सल्लाह नगरी पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउने घोषणा गरेको, सरकार ढाल्ने षड्यन्त्रमा लागेको जस्तो आरोप ओलीले लगाएका थिए ।

‘विद्याजीलाई हामीले राष्ट्रपति बनाएको हो । पार्टीले सल्लाह गरेर पठाएको हो’, ओलीले भनेका थिए, ‘तर अहिले हामीसँग सल्लाह नगरी राजनीतिमा आउने घोषणा गर्नुभयो । सरकार फेर्ने षड्यन्त्रमा लाग्नुभयो । उहाँलाई पार्टी बाहिर छलफल गर्नु परेको छ ।’

तर पार्टी बाहिर जति छलफल गरे पनि नेतृत्व छोड्न नसकिने अडान ओलीले लिएका थिए । ‘पार्टी बाहिर छलफल गर्दै हिंड्नुभएको छ । तर नेतृत्व हस्तान्तरण गर्न सकिंदैन’, ओलीको भनाइ उद्धृत गर्दै अर्का पोलिटब्युरो सदस्यले भने ।

७० वर्षे उमेर हद कार्यान्वयन गर्न नसकिने पनि ओलीले बताएका थिए । ‘क(कसलाई ७० वर्षे उमेर हद मान्नुछ, उहाँहरूले माने हुन्छ, बिदा लिए हुन्छ’, ओलीले भनेका थिए, ‘म त कामको हिसाबले अहिले ५० वर्ष जस्तो खटिरहेको छु ।’

यदि ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको घटाउनुपर्ने ओलीले तर्क गरेका थिए । ‘७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ,’ ओलीले यसो भनिरहँदा बैठक हल हाँसोमय बनेको थियो ।

‘मैले जेल बसेको समय घटाएर उमेर गणना गर्नुस् भन्दा सबै नेताहरू हाँस्नु भयो’, ती नेता भन्छन् ।

पार्टीले जुन काम गर्दैछ, त्यसबारे भ्रम नछर्न पनि ओलीले चेतावनी दिएका थिए । विशेषगरी तीनपटक पार्टी विधान छापिएको बारेमा अब धेरै तर्क नगर्न ओलीले निर्देशन दिएका थिए । ‘अध्यक्षले कर्ण थापाको नामै लिएर अब स्टप गर्नुस् भन्नुभयो’, बैठक स्रोत भन्छ ।

स्रोतका अनुसार आफ्नो भूमिका अझै आवश्यक रहेकाले नै पार्टी विधानबाट ७० वर्षे उमेर हद हटाएर संशोधन प्रस्ताव तयार पारिएको ओलीले बताएका थिए ।

‘आवश्यकता परेकाले मैले नै विष्णु पौडेललाई यस्तो संशोधन प्रस्ताव तयार पार्न भनेको हुँ,’ ओलीले भनेका थिए ।

पार्टीका हरेक निर्णय आवश्यकताका आधारमा हुने र पाँचौं महाधिवेशन यता सधैं आफूले दस्तावेज पेश गर्दै आएको पनि अध्यक्ष ओलीले बताएका थिए ।

‘चौथो बाहेक यताका सबै महाधिवेशनमा मैले दस्तावेज तयार पारेको छु’ ओलीले बैठकमा भएका केही नेताहरूलाई साक्षी मान्दै भनेका थिए, ‘७० वर्षे उमेर हद आवश्यकताका आधारमा राखियो र आवश्यकताकै आधारमा हटाउनु पर्‍यो ।’

यसो भनिरहँदा ओलीले गणतन्त्रको निर्णयमा आफूबारे गलत बुझाइ रहेको पनि बताएका थिए । ‘कांग्रेस तयार नभएसम्म हामीले मात्र गरेर गणतन्त्रमा जाने निर्णय० हुँदैन भनेको हुँ’, ओलीको स्पष्टोक्ति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com