काठमाडौ ४ साउन । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो।
उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दिएका छन्।
काठमाडौँ प्रहरीले अहिराजलाई कानुनी कारबाहीका लागि अदालतबाट यसअघि नै पक्राउ पुर्जी लिएको थियो। उजुरी परेको लामो समयदेखि प्रहरीले उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
जिल्ला अदालतले चैत २५ मा डा. अहिराजलाई पक्राउ अनुमति (पुर्जी) दिएको थियोे । जाहेरवाली, परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) हुन् । जाहेरी दर्ता भएको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आफूले विभिन्न माध्यमबाट धाक धम्की व्यहेरेको पीडितले बताउँदै आएकी थिइन् ।
पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ । उनी मधेसीमूलकी युवती हुन् । काठमाडौंमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर यौन सम्पर्क गरेको पीडितको दाबी छ ।







प्रतिक्रिया दिनुहोस्