ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोलिटब्युरो बैठकपछि अध्यक्ष ओलीप्रति ‘नरम’ भए कर्ण थापा


abc news
श्रावण ४, २०८२ आईतबार  १ : ३५ बजे

काठमाडौ ४ साउन । पार्टी नेतृत्वमा रहन उमेर र कार्यकाल सीमा राखिनुपर्ने अडान लिइरहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पोलिटब्युरो बैठकपछि भने नरम कुरा गरेका छन्।

एमालेमा उमेर ७० वर्ष नाघेपछि र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था हटाउने सचिवालयको निर्णयबमोजिम विधान संशोधन प्रस्ताव शनिबार पोलिटब्युरो बैठकले पनि अनुमोदन गरेको छ।

बिहीबार सचिवालय बैठकमा यो प्रावधान राख्नैपर्ने जिद्दी गरिरहेका थापाले शुक्रबार पोलिटब्युरो बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीसँग चर्काचर्की गरेका थिए।

त्यति मात्र होइन, शनिबार पोलिटब्युरो बैठकमा प्रवेश गर्नुअघिसम्म पनि उनले न्याय र सत्यको लडाइँ जारी रहने भनी कडा स्टाटस लेखेका थिए।

तर उमेर र कार्यकालको सीमा हटाउने व्यवस्थासहितको विधान संशोधन प्रस्ताव पारित गर्दै शनिबार एमाले पोलिटब्युरो बैठक सम्पन्न भएपछि भने स्थायी कमिटी सदस्य थापा प्रतिरक्षात्मक भएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीको प्रशंसा गर्दै पार्टीमा फरक विचार राखेकै कारण फरक व्यवहार नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

‘पार्टीको पोटिलब्युरोको बैठक गहन बहसका साथ सम्पन्न भएको छ। पार्टी जीवनको लोकतान्त्रीकरणका विषयलाई पार्टी जीवनमा लागु गर्न सबै तयार हुनुपर्ने कुरामा अध्यक्ष कमरेडले विशेष जोड दिनु भएको छ। र, पार्टी भित्र गरिने राजनीतिक बहसका आधारमा कसैमाथि फरक व्यवहार नगरिने स्पष्ट पार्नुभएको छ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधान संसोधन प्रस्तावमाथि ५ र ६ गते आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा घनिभुत छलफल हुनेछ। पार्टीलाई एकताबद्ध बनाउन अस्वस्थ गतिविधि नगर्न पार्टी पंक्तिलाई निर्देशित गरेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com