ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निवासमै पुगेर प्रचण्डले भेटे वैद्य


abc news

काठमाडौ ४ साउन । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विरामी रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यसँग भेट गरेका छन्।

भेटबारे जानकारी गराउँदै प्रचण्डले निवासमा गएर भेटेको र स्वास्थ्य अवस्थामा सुधार हुँदै देख्दा खुसी लागेको उल्लेख गरेका छन्।

‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ,’ फेसबुकमा उनले लेखेका छन्, ‘स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’

प्रचण्डको साथमा उपाधयक्ष अग्नि सापकोटा र उपमहासचिव मात्रिका यादव पनि पुगेका थिए।

दमले पहिलेदेखि नै पीडित रहेका वैद्यलाई निमोनिया भएपछि उनी जेठ महिनामा २ हप्ताभन्दा बढी समय त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

अघिल्लो वर्ष पनि निमोनिया भएपछि उनको लामो समय टिचिङ अस्पतालमै उपचार गरिएको थियो। एक महिना उपचार गरेर घर फर्किएको भए पनि पनि उनलाई बेलाबेला अक्सिजनको सहारा आवश्यक हुन्थ्यो।

७९ वर्षीय वैद्यलाई दम भएको लामो समय भइसकेको छ। २०७८ मा उनले नर्भिक अस्पतालमा ३ दिन बसेर उपचार गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com