ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाउन्ने सडकखण्ड एक वर्षमा ६३ पटक अवरुद्ध, काममा ढिलाइ


abc news

काठमाडौ ४ साउन । बुटवल–नारायणगढ सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म बुटवल–नारायणगढ सडक पूर्ण वा आंशिक रूपमा पटक–पटक अवरुद्ध भयो ।

पहिरो, वर्षासँगै बग्ने माटो र हिलोले यो सडकको यात्रा सहज छैन । दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोडजस्ता ठाउँहरू बढी प्रभावित हुने क्षेत्र हुन् । सडक विस्तारका लागि दाउन्ने पहाडमा गरिएको भित्तो कटानले पहिरोको जोखिम बढाएको ट्राफिक प्रमुख जनक बन्जाराले बताउनुभयो । घाम लाग्दा धुलो र खाल्डाखुल्डीका कारण पनि दाउन्ने खण्डमा सधैँजसो समस्या हुँदै आएको छ ।

गएको पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको पुल भत्किएपछि अझ अस्तव्यस्त भएको थियो । गएको असार १९ गतेदेखि नयाँ पुल सञ्चालनमा आएपछि केही सहज भएको छ । अहिले पर्खाल, कल्भर्ट र ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा बजार क्षेत्रमा सर्भिस लेनसहित छ लेन र जोखिमयुक्त दाउन्ने क्षेत्रमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ । चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँको लागतमा सडक निर्माणको ठेक्का लिएको हो । यसअघि तीनपटक म्याद थपिएको यो आयोजना यही साउन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com