काठमाडौ ३० असार । भाटभाटेनी सुपर मार्केटले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा निर्माण गरेको ईएचएस भवनको हस्तान्तरण भएको छ।
अस्पतालको ४३ औँ बार्षिक उत्सवको अवसर पारेर सामेबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा भवन हस्तान्तरण भएको हो। भाट भाटेनीले ९ करोड ५० लाख लागतमा इएचएस भवन निर्माण गरेको थियो।
भाट्भाटेनीका सञ्चालक मिनबहादुर गुरुङ्ले अस्पतालको माग अनुसार अतिरिक्त सेवा दिन भवन निर्माण गरेको बताए।
‘२०६८ सालमा आकस्मिक कक्ष राख्ने भवन आवश्यक परेकाले १० करोडको लागतमा निर्माण गरेका थियौँ,’ उनले भने, ‘अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका छौँ।’
अस्पताले सो भवनबाट अतिरिक्त शुल्क बुझाएर दिन मिल्ने ९पेयिङ्० सेवा सञ्चालनमा ल्याउने छ। बिरामीले अतिरिक्त शुल्क तिरेर अस्पताल समय भन्दा पछि सजिलै सँग सेवा दिन पाउने छन्। अस्पतालका प्रवक्ता डा गोपाल सेढाईले अस्पताल समय भन्दापछि ओपीडी सेवादेखि परीक्षण सेवा सो भवनबाट सञ्चालनमा ल्याउने बताए।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको भवन निर्माण गरेर थप सहयोग गरेको भन्दै भाटभाटेनीलाई धन्यवाद दिएका थिए।
अस्पताल र उपचारको विस्तार हुँदा पनि विरामी पर्ने दरमा कमी नआएको भन्दै प्रधानमन्त्री ओलीले निरोगी बनाउने अभियानमा लाग्नुपर्ने बताए।
कार्यक्रममा प्रधानमन्त्रीले चिकित्सकलाई पनि आफनो ख्याल राख्न आग्रह गरेका थिए। ‘बिरामीको उपचार गर्दा आफना शरीरको पनि ख्याल राख्नुहोला’, उनको भनाइ थियो, ‘त्यसका लागि योग गर्न सकिन्छ।’







प्रतिक्रिया दिनुहोस्