ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा विशेष वायु प्रतिरक्षा प्रणाली पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


abc news
असार ३०, २०८२ सोमबार  १ : १९ बजे

काठमाडौ ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अत्यावश्यक ९पैट्रियट० विशेष हवाई रक्षा प्रणाली पठाउने घोषणा गर्नुभएको अलजजिराले जनाएको छ । कति सङ्ख्यामा पैट्रियट ब्याट्री पठाइने भन्नेबारे अन्तिम निर्णय भने भएको छैन ।

पछिल्लो समय रुसी राष्ट्रपति पुटिनले युद्ध अन्त्यका लागि वार्ता गर्न अस्वीकार गर्दै आएकोप्रति ट्रम्प प्रशासन निराश देखिएको खबरमा उल्लेख छ ।

पुटिनले धेरैलाई अचम्ममा पारेको बताउँदै राष्ट्रपति ट्रम्पले दिनभर राम्रो कुरा गर्ने तर साँझ परेपछि सबैलाई बम आक्रमण गर्ने गरेको आरोप लगाउनुभएको छ ।

गएको हप्ता ट्रम्पले युरोपका नेटो साझेदारहरूलाई युक्रेनलाई हस्तान्तरण गर्न अमेरिकी हतियार बेच्ने निर्णय सार्वजनिक गर्नुभएको थियो । त्यसैको निरन्तरता स्वरूप युक्रेनलाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने निर्णय आएको हो ।

ट्रम्पले यसै हप्ताको अन्त्यतिर नेटोका महासचिव मार्क रुटेसँग वाशिङ्गटन डीसीमा भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । भेटवार्तामा युक्रेनलाई हतियार आपूर्ति गर्ने विषय प्रमुख एजेन्डा रहने खबरहरूमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

इरानले अमेरिकासँग वार्ता नगर्ने अडान, इजरायलले लेबनानमा ‘बफर जोन’ विस्तार गर्ने घोषणा

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com