काठमाडौं, ३० असार । गएराति काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम वर्षा भएको छ । राति सङ्खुवासभामा ठूलो पानी परेको थियो । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनीका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू(भागमा केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, लुम्बिनी, सुदूरपश्चिमका एक÷दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
राति पनि कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
पानी परेका ठाउँमा भू(क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।








प्रतिक्रिया दिनुहोस्