ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा बेपत्ता २० जनामध्ये १ प्रहरीको सनाखत, ४ शव र ४ मानव अंग टिचिङ अस्पतालमा


abc news

काठमाडौ २६ असार । मंगलबार बिहान रसुवागढीस्थित भोटेकोसी नदीमा अचानक आएको बाढीमा परी बेपत्ता २० जनामध्ये अहिलेसम्म एक जनाको शव मात्र पहिचान भएको छ।

रसुवा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले आज बिहीबार० बिहान १० बजे दिएको जानकारी अनुसार चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा मृत भेटिएकाप्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको मात्र सनाखत भएको हो।

उनको समेत हालसम्म ५ वटा शव र चार जनाको मानव अंग फेला परेको उनले बताए।

सबै शव तथा मानव अंग काठमाडौँको महारा‍जगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। ती कसका शव तथा मानव अंग कसका हुन् भन्ने पत्ता लगाउने प्रयास जारी छ।

बाढीमा बेपत्तामध्ये अझै १९ जनाको अवस्था थाहा हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

बाढीमा अझै २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ नेपाली बेपत्ता छन्।

बाढीले नेपाल(चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ।

धुन्चेदेखि टिमुरे जाने सडक बन्द छ।

रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा पनि क्षति भएको छ।

बेपत्ताहरू पत्ता लगाउन विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी राखिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com