ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते


abc news
असार २५, २०८२ बुधबार  ७ : २३ बजे

पाल्पा, २५ असार । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै खसेको पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार बेलुका वर्षासँगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ५१ प ६६३३ नम्बरको मोटरसाइकमा पाल्पादेखि बुटवलतर्फ जाँदै गर्दा पहिरोमा परी गम्भीर घाइते भएका भण्डारीलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै मोटरसाइकलको पछाडि सवार भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको तानसेन बुटवल सडक खण्ड पहिरो पन्छाएपछि सुचारु भएको छ ।

यसैबीच जिल्ला सुरक्षा समितिको बैठक बसेर विपद्जन्य जोखिम न्यनीकरणका लागि पाल्पाका मुख्य र सहायक राजमार्गका अत्यावश्यक काम बाहेक रातिको समयमा सवारी संचालन गर्न रोक लगाउने निर्णय कार्यान्वयन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com