ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हंसपुर नगरको पूर्व उपमेयरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा


abc news

काठमाडौ २३ असार । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिनारहानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो।

हँसपुर नगरपालिका वडा नं। ५ स्थित सुगा निकासदेखि कट्टीसम्म पीसीसी ढलान योजना टुक्रा टुक्रा पारी रकम भुक्तानी गरी अनियमितता गरेको अख्तियारको ठहर छ।

हँसपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धनुषाले आव २०७६र०७७को नगरसभाबाट स्वीकृत कार्यक्रम अन्तर्गत सुगा निकास टोलदेखि कट्टी चोकसम्म पीसीसी ढलान कार्य संचालन गर्न एक करोड रुपैयाँ विनियोजन गरेकोमा उक्त नगरपालिकाको प्राविधिकले जम्मा रकम प्रोभिजनल समसहित १ करोड ४८ लाख ४१ हजार ९४७ रुपैयाँ १४ पैसाको लागत अनुमान तयार गरी मूल्य अभिवृद्धि करसहित ९५ लाख २७ हजार ७९३ रुपैयाँ ६६ पैसामा कार्य सम्पन्न गर्ने गरी नगरपालिका र निर्माण व्यवसायी देव कन्स्ट्रक्सन जनकपुरधामबीच २०७८ जेठ मसान्त भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

हँसपुर नगरपालिकाको प्राविधिक सहितको टोलीले प्रथम रनिङ्ग विल बापत मूल्य अभिवृद्धि करसहित ४३ लाख ४० हजार ८७५ रुपैयाँ ५३ पैसा रकम मूल्याङ्कन गरी नापी किताव र अनुगमन समितिको सिफारिसको आधारमा कर कट्टी गरी ३९ लाख ४१ हजार ३६१ रुपैयाँ २०७८ असार ३१ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेतले देव कन्स्ट्रक्सनलाई भुक्तानी दिएको पाइएको छ।

स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदन अनुसार रामललितको घर अगाडिको पीसीसी ढलानको लम्बाई २१३ मिटर भनिए पनि स्थलगत नापजाँचमा ४५ मिटर मात्रै रहेको, गाछी देखि पीसीसी ढलानको लम्बाई २६० मिटर भनिए तापनि स्थलगत नापजाँचमा १५४ मिटर मात्रै रहेको देखिएकोले गलत नापी किताव तयार गरी गराई बास्तविक भए गरेको भन्दा ७ लाख ८१ हजार ८१८ रुपैयाँ ३ पैसा बढी भुक्तानी दिई लिई हिनामिना हानिनोक्सानी गरे गराएको देखिएको अख्तियारको ठहर छ।

उक्त निर्माण कार्यको लागि निर्माण व्यवसायीले पेश गरेको आधारमा नगर सभाको निर्णय अनुसार मिति २०७८ चैत मसान्तसम्म म्याद थप गरेको, म्याद थपको निर्णय गर्दा सार्वजनिक निकायले थप म्याद र निर्माण कार्यको त्रुटि सच्चाउने दायित्वको अवधिभन्दा कम्तीमा एक महिना बढी अवधिको कार्य सम्पादन जमानत लिई मात्र म्याद थप दिनुपर्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीसमेतले सो नगरेको कारणले बैंक जमानतको सुरक्षण अवधिसमेत समाप्त भई जमानत जफत हुन नसकेको देखिएकोबाट उक्त २८ लाख ४० हजार ३५० रुपैयाँ हिनामिना हानिनोक्सानी भएको देखिएको छ।

साथै निर्माण व्यवसायीलाई पेश्की वापत रु १६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएकोमा उक्त पेश्की वापत लिनुपर्ने बैंक जमानत ठेक्काको म्याद थप भएको मिति २०७८ चैत समान्तसम्मको नलिई लिन नलगाई सम्झौता अन्त्य भएको देखिंदा उक्त पेश्की रकमसमेत असुल नभई हिनामिना हानिनोक्सानी भएको देखिएको छ।

अख्तियारले प्रतिवादीहरूले आपसी मिलोमतो योजनामा नेपाल सरकाररसार्वजनिक संस्था÷हँसपुर नगरपालिकाको सम्पत्ति ५२ लाख ७२ हजार १६८ रुपैयाँ ३ पैसा हिनामिना हानिनोक्सानी गरे गराएको अख्तियारको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com