ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्‍याउने समय ९ महिना थपिँदै


abc news
असार २०, २०८२ शुक्रबार  ११ : ४१ बजे

काठमाडौ २० असार । धितोपत्र ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउने समय थप गरिने भएको छ । असार मसान्तसम्मको समय सीमा सकिँदै गर्दा ९ महिना थप्ने तयारी भएको हो ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी पुर्‍याउने समय चैत मसान्तसम्म कायम गर्ने भएको हो । नियमावली संशोधन गर्न अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ ।

‘धितोपत्र ब्रोकर मर्जरसम्बन्धी निर्देशिका केही ढिला आएकाले पनि चुक्ता पूँजी बढाउने अवधि चैत मसान्तसम्म कायम गर्नेगरी नियमावली संशोधन गर्न प्रस्ताव गरेका छौं’ प्रवक्ता निरञ्जय घिमिरेले भने ।

बोर्डले ब्रोकर कम्पनीलाई चुक्ता पूँजी बढाउनेगरी समयावधि पहिले नै तोके पनि मर्जरबाट पूँजी पुर्‍याउने सम्बन्धी निर्देशिका भने गत चैतमा मात्रै तयार गरेको थियो ।

सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई चुक्ता पूँजी २० करोड तथा पूर्ण कार्य गर्नेका लागि ६० करोड रुपैयाँ तोकिएको छ । पछिबाट थपिएका नयाँ ब्रोकर कम्पनी सबैले तोकिएको चुक्ता पूँजी पुर्‍याए पनि पुराना अधिकांशको पुगेको छैन । पछिबाट सञ्चालनमा आएका ४० सहित अहिले कुल ९० ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

५० पुराना ब्रोकर कम्पनीमध्ये दुई दर्जन कम्पनीले चुक्ता पूँजी पुर्‍याउन बाँकी रहेको बोर्डले जनाएको छ । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आउनुअघि सीमित कार्य गर्नेका लागि जम्मा २ करोड चुक्ता पूँजी तोकिएको थियो भने पूर्ण कार्य गर्नेका लागि २० करोड थियो ।

चुक्ता पूँजी वृद्धिका लागि मर्जर एउटा विकल्प भए पनि यस सम्बन्धी निर्देशिका बोर्डले गत चैतमा मात्रै तयार गरेको थियो । जसले गर्दा मर्जरमा गएर पूँजी पुँजी पुर्‍याउन चाहनेलाई समयसीमा नै अपर्याप्त हुन गयो ।

‘मर्जरमा जानका लागि पनि कम्पनीको साधारणसभाले निर्णय गर्नुपर्ने हुन्छ, निर्देशिका आइसकेपछि बल्ल साधारणसभाले निर्णय गर्न सक्छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने ‘निर्देशिका चैतमा ल्याउने, अनि असार मसान्तभित्र पूँजी पुर्‍याउनू भन्नु व्यवहारिक थिएन ।’

चैत मसान्तसम्म भने ब्रोकर कम्पनी पूँजी पुर्‍याउन सक्षम हुने उनले बताए । अधिकांश ब्रोकर कम्पनीले हकप्रद तथा बोनस सेयर जारी गरेर नै पूँजी पुर्‍याउने उनको भनाइ छ ।

मर्जर वा एक्विजिनमा जाने ब्रोकर कम्पनीबीच सम्झौता भएको ६ महिनाभित्र सम्पन्न हुनुपर्ने व्यवस्था धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिकामा उल्लेख छ ।

पूँजीअनुसार बिजनेस विस्तारमा चुनौती

चुक्ता पूँजी २० अर्ब पुर्‍याएर सञ्चालनमा आएका कतिपय नयाँ ब्रोकर कम्पनीलाई सञ्चालन खर्च धान्न मुस्किल छ । कम्पनीको पूँजी वृद्धिलाई मात्रै जोड दिएर नहुने, बिजनेसको दायरा विस्तारमा पनि राज्यले सहयोग गर्नुपर्ने ढकाल बताउँछन् ।

ब्रोकर कम्पनीको सेवा अहिले अपर्याप्त रहेको उनले बताए । ब्रोकरमार्फत मार्जिन लेन्डिङका काम समेत हुन सकेको छैन । ब्रोकर कम्पनीलाई एडभाइजरी तथा पोर्टफोलियो म्यानेजमेन्टको कार्य गर्नका लागि बाटो खोल्नुपर्ने सञ्चालकहरु बताउँछन् ।

विश्वका अरू बजारमा पनि ब्रोकर कम्पनीले नै पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेका हुन्छन् । ‘हाम्रोमा ५ करोड पूँजी भएका मर्चेन्ट बैंकले पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिइरहेका छन्’ ढकालले भने ‘तर २० करोड पूँजी भएका हाम्रा कम्पनीले दिन पाएका छैनन्, त्यसैले अहिले बिजनेस पुगिरहेको छैन ।’

ब्रोकरमा कारोबार गरिरहेका ग्राहक नै अहिले एडभाइजरी वा पोर्टफोलियो म्यानेजमेन्ट सेवा लिन मर्चेन्ट बैंकमा गइरहेका छन् । ‘हामीले नयाँ काम मागेकै छैनौं, अन्तर्राष्ट्रिय बजारमा चलिरहेका काम, व्यवहारलाई यहाँ प्रयोग गरौं भनेको हो’ ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com