काठमाडौ ११ असार । कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउन बाँकीमध्येका ९५ वर्षीया कमलकुमारी पोखरेलसहितका प्रतिनिधिले ४८ वर्षअघि आरक्ष विस्तार हुँदा आफूहरूको घर बसोबास अधिग्रहण भएकोमा जग्गाको सट्टापट्टा दिने राज्यसँग भद्र सहमति भएको स्मरण गराएका हुन् ।
सरकारले २०८० साल फागुन ६ गते रकम चेम्जोङ नेतृत्वको गठन गरेको कोशीटप्पु वन्यवजन्तु आरक्षका विस्थापितहरूको समस्या समाधान गर्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सट्टापट्टा पाउन छुट भएका ७५ जना परिवारलाई मोरङको लेटाङ नगरपालिकामा जग्गा सट्टापट्टा दिन सुझाव दिएको थियो ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई समस्याबारे अध्ययन गरी १५ दिनभित्र विस्थापित परिवारलाई उचित जवाफ दिन निर्देशन दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्