काठमाडौ ११ असार । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि आज सैद्धान्तिक छलफल हुने भएको छ।
बुधबार बस्ने संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी विधेयकमाथी छलफल हुने कार्यसूची रहेको छ।
बिहान ९ बजेलाई बोलाइएको बैठक २ घण्टा पछि सार्दै ११ बजेलाई राखिएको छ।
सरकारले नयाँ प्रहरी ऐन ल्याउने प्रक्रिया अगाडी बढाइसकेको छ। गत फागुन ११ गते गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भनि प्रस्ताव गरेका थिए।
नेपाल प्रहरीमा विधमान ३० वर्षे सेवा अवधि हटाउने, जुनियर प्रहरीको पेन्सन अवधि घटाउने जस्ता व्यवस्था नयाँ ऐनमा गर्ने प्रस्ताव छ।








प्रतिक्रिया दिनुहोस्