ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर ग्वार्कोको जाम आधाले घट्यो, लोकल बस भने ओभरपासमा गुडेनन्


abc news
असार ९, २०८२ सोमबार  ११ : १८ बजे

काठमाडौ ९ असार । ओभरपास सञ्चालनमा आएपछि ललितपुरको ग्वार्कोमा गाडीको जाम आधाले घटेको छ । पहिलेको तुलनामा जाम आधाले घटेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी दीपक गिरीले भने ओभरपास सञ्चालनमा आएपछि चक्रपथको सातदोबाटो–कोटेश्वर खण्ड हुँदै चल्ने गाडीलाई सहज भएको बताउनुभयो । अब जामको समस्या धेरै कम भएको उहाँको भनाइ छ ।

ग्वार्कोमा बनेको ओभरपास तीन दिनअघि गएको शुक्रवारदेखि सञ्चालनमा आएको हो । आठ लेनको सडकमध्ये बीचको चार लेनमा ओभरपास बनाइएको छ ।

ग्वार्कोमा रोक्न तथा मोडिन नपर्ने गाडी मात्रै ओभरपासबाट गुड्ने गरेका छन् । ग्वार्कोमा यात्रु झार्ने र चढाउने लोकल गाडीहरु भने ओभरपासबाट नभएर पुरानै दायाँ–बायाँको सडकबाट चलिरहेका छन् । काठमाण्डौको कलङ्कीमा भने चक्रपथ ओहोरदोहोर गर्ने सबै गाडी अन्डरपासबाटै गुड्नुपर्छ ।

कलङ्कीमा ओर्लने तथा त्यहाँबाट चढ्ने यात्रु खसीबजार या मकालु पेट्रोलपम्पसम्म पुग्नुपर्छ । तर ग्वार्को ओभरपासमा भने यस्तो व्यवस्था नभएको र लोकल बस ओभरपाससँगै दायाँ बायाँको लेनबाट समेत चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ । ओभरपासबाट चल्ने गाडी ग्वार्को चोकमा रोक्न मिल्दैन । त्यसैले लोकल गाडी ओभरपासबाट नभइ दायाँ बायाँको लेनबाट गुड्ने गरेका हुन् ।

ओभरपास मुनिबाट गुड्ने गाडीले पहिलेझैं ट्राफिक सङ्केतको पालना गर्दै यात्रा गर्नुपर्ने हुन्छ । यद्यपि, पहिलेको जस्तो लामो समय जाममा बस्नुपर्ने अवस्था भने अहिले छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com