काठमाडौ ८ असार । अमेरिकाले इरानमा गरेको आक्रमणप्रति अमेरिकाकै डेमोक्र्याटिक पार्टीका नेताहरूले विरोध जनाएका छन्।
अमेरिकाले गएराति इरानका तीन आणविक स्थल( फोर्डो, नातान्ज र इस्फहानमा बम हानेको हो।
यो आक्रमणले विश्वमै अशान्ति फैलिन सक्ने भनेर संयुक्त राष्ट्रसंघले चिन्ता प्रकट गरिरहेका बेला अमेरिकाकै डेमोक्र्याटिक पार्टीका धेरै नेताले अमेरिकाले इरानमा गरेको हमलाको निन्दा गरेका हुन्।
कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो(कोर्टेजले यो आक्रमण संविधान र कंग्रेसको युद्धसम्बन्धी अधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै ट्रम्पविरुद्ध महाभियोगको आधार बनेको बताइन्।
उनले एक्समा लेखेकी छन्, ‘उनले हतारमा यस्तो कदम चालेका छन्, जसले हामीलाई धेरै लामो समयसम्म फसाउन सक्ने युद्ध सुरु गर्न सक्छ।’
कंग्रेसका अर्का सदस्य रशिदा तालिबले पनि आक्रमणको निन्दा गरेकी छन्। उनले पनि यो संविधानको घोर उल्लंघन भएको उल्लेख गर्दै कंग्रेसलाई तुरुन्तै हस्तक्षेप गर्न अपिल गरेकी छन्।
उनले भनेकी छन्, ‘हामीले देखेका छौँ( ुविनाशका हतियारुको झुटा दाबीले मध्य पूर्वमा दशकौँसम्म चलेको अन्तहीन युद्धले हामीलाई कहाँ पुर्याउँछ। हामी फेरि त्यो पासोमा पर्नु छैन।’
साथै कंग्रेसका अर्का सदस्य जिम म्याकगभर्नले यो अवस्थालाई ुउन्मादुको संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘ट्रम्पले कंग्रेसको स्वीकृतिबिना इरानमा बम विस्फोट गराए र हामीलाई मध्यपूर्वमा युद्धमा अवैध रूपमा तान्यो। हामीले अझै कुनै पाठ सिकेका छैनौँरु’








प्रतिक्रिया दिनुहोस्