ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल–नारायणगढ र बीपी राजमार्गमा रातमा गाडी बन्द : नौबिसे–मलेखु सडक पनि आजदेखि ५ घण्टा बन्द हुने


abc news

काठमाडौ ८ असार । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको विनयी खोला र दाउन्ने क्षेत्र तथा बीपी राजमार्गमा रातमा गाडी चलाउन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बुटवल–नारायणगढ सडकमा रातिमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

नारायणगढ–बुटवल सडकखण्डमा दिउँसोको समयमा यात्रुबाहक र साना गाडी चलिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार बेलका ७ बजेदेखि बिहान ५ बजेसम्मगाडी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ ।

अत्यधिक भार भएका गाडी नल्न नदिने निर्णय अनुसार ती गाडी वैकल्पिक मार्गका रूपमा सिद्धार्थ राजमार्ग प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ । निर्माणाधीन दुम्कीवासको विनयी खोला पुलको डाइभर्सन बाढीले बगाएको छ । नयाँ पुल सञ्चालनमा नआएसम्म रातमा यो खण्डमा सबैखाले गाडी चलाउन पाइनेछैन । साथै, दाउन्ने खण्डमा पनि मर्मत कार्य भइरहेको छ ।

यस्तै बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा गएरातिदेखि १५ दिनसम्म रातमा यात्रुवाहक गाडी चलाउन रोक लगाइएको छ । काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाइएको हो ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड आज र भोलि दुई दिन रातको समयमा बन्द हुँदैछ । राति १० बजेदेखि बिहान तीन बजेसम्म पाँच घण्टा सडक बन्द हुने मुग्लिन–नारायणगढ सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।

बर्खाको बेला बाढी पहिरोले यात्रा जोखिमपूर्ण भएकाले यात्रु र गाडी चालकलाई जोखिम मोलेर यात्रा नगर्न, मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com