ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल–नारायणगढ र बीपी राजमार्गमा रातमा गाडी बन्द : नौबिसे–मलेखु सडक पनि आजदेखि ५ घण्टा बन्द हुने


abc news
असार ८, २०८२ आईतबार  ११ : १६ बजे

काठमाडौ ८ असार । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको विनयी खोला र दाउन्ने क्षेत्र तथा बीपी राजमार्गमा रातमा गाडी चलाउन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बुटवल–नारायणगढ सडकमा रातिमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

नारायणगढ–बुटवल सडकखण्डमा दिउँसोको समयमा यात्रुबाहक र साना गाडी चलिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार बेलका ७ बजेदेखि बिहान ५ बजेसम्मगाडी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ ।

अत्यधिक भार भएका गाडी नल्न नदिने निर्णय अनुसार ती गाडी वैकल्पिक मार्गका रूपमा सिद्धार्थ राजमार्ग प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ । निर्माणाधीन दुम्कीवासको विनयी खोला पुलको डाइभर्सन बाढीले बगाएको छ । नयाँ पुल सञ्चालनमा नआएसम्म रातमा यो खण्डमा सबैखाले गाडी चलाउन पाइनेछैन । साथै, दाउन्ने खण्डमा पनि मर्मत कार्य भइरहेको छ ।

यस्तै बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा गएरातिदेखि १५ दिनसम्म रातमा यात्रुवाहक गाडी चलाउन रोक लगाइएको छ । काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाइएको हो ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड आज र भोलि दुई दिन रातको समयमा बन्द हुँदैछ । राति १० बजेदेखि बिहान तीन बजेसम्म पाँच घण्टा सडक बन्द हुने मुग्लिन–नारायणगढ सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।

बर्खाको बेला बाढी पहिरोले यात्रा जोखिमपूर्ण भएकाले यात्रु र गाडी चालकलाई जोखिम मोलेर यात्रा नगर्न, मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com