ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली आक्रमणमा अहिलेसम्म इरानका ११ परमाणु वैज्ञानिक मारिए


abc news

काठमाडौँ, ८ असार । इरान–इजरायल युद्ध जारी छ । ९ दिनदेखि दुई देशबीच युद्ध जारी छ । यसअवधिमा दुवै देशले एक अर्कामाथि मिसाइलहरु प्रहार गरिरहेका छन् । आजसम्मको अवस्था हेर्दा इजरायली आक्रमणमा परी इरानका ११ जना परमाणु वैज्ञानिक मारिएका छन् । इरानभन्दा भौगोलिक रुपमा निकै सानो इजरायलले नवौं दिनसम्म आइपुग्दा इरानमाथि धेरै आक्रमण गरेको छ ।

दुवै देशमध्ये धेरै जनधनको क्षति इरानमा भएको छ । मिडिया रिपोर्टस अनुसार इरानमा हालसम्म ६ समय भन्दा बढीको मृत्यु भएको छ । जसमा धेरै जसो सैन्य अधिकारीहरु रहेका छन् । त्यो पनि मुख्य भूमिकामा रहेकाहरु छन् । यस्तै मुख्य परमाणु वैज्ञानिकहरु पनि मारिएका छन् ।

यता इरानी आक्रमणमा परी अहिलेसम्म इजरायलमा ४० जनाको मृत्यु भएको बताइएको छ । दुवै देशले एक अर्काविरुद्ध सम्झौता नगर्ने बताएका छन् ।

इजरायली आक्रमणमा मारिएका वैज्ञानिकहरु
१. डा. फरीदून अब्बासी–दवानी
जिम्मेवारी स् इरानको परमाणु ऊर्जा संस्था (एईओआई)का पूर्व प्रमु्ख, नतान्ज केन्द्रका सिनियर साइन्टिस्ट
ब्यागग्राउन्ड : परमाणु भौतिक शास्त्रमा विद्यावारिधि । १९६९ मा आईआरजीसीमा सहभागी

२. डा. मोहम्मद मेहदी ताहराँची
जिम्मेवारी : परमाणु भौतिक वैज्ञानिक र इस्लामिक आजाद युनिभर्सिटी (इरानको सबैभन्दा ठूलो निजी विश्वविद्यालय) का अध्यक्ष
ब्यागग्राउन्ड: परमाणु कार्यक्रमसँग सम्बन्धित परियोजनाको रेखदेख गर्थे

३. अब्दुल हमीद मिनुचेहर
जिम्मेवारी: शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङ विभागका डीन
ब्यागग्राउन्ड : न्युक्लियर प्लान्टको कार्यक्षमता र सुरक्षामा काम गर्थे

४. अहमदज रजा जोलफ गारी
जिम्मेवारी : शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङका प्रोफेसर
ब्यागग्राउन्ड :रिएक्टर डिजाइन र सुरक्षा सम्बन्धित अनुसन्धानकर्ता

५. अमीर हुसैन फगीही
जिम्मेवारी : एईओआईका पूर्व उपाध्यक्ष, परमाणु विज्ञान एवं प्रोधिगिकी संस्थानका प्रमुख
ब्यागग्राउन्ड : परमाणु विज्ञानको कार्यक्रमको नेतृत्व गरेका थिए

६. मोत्तालेबजादेह पूरै पहिचान अज्ञाते
जिम्मेवारी : एक अज्ञात परमाणु वैज्ञानिक
ब्यागग्राउन्ड : उनको पहिचान अस्पष्ट छ । उनको मृत्युबारे इरानी रिपोर्टमा मात्र उल्लेख

७. अली बखूई कातिरीमी
जिम्मेवारी : इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित मेकानिक्स एक्सपर्ट
ब्यागग्राउन्ड :सेन्ट्रीफ्यूज मेसिनको प्राविधिक सञ्चालनमा महत्त्वपूर्ण भूमिकामा कार्यरत थिए

८. सईद बर्जी
जिम्मेवारी : पदार्थ इन्जिनियरिङ र फिजिक्स एक्सपर्ट
ब्यागग्राउन्ड : बर्जी परमाणु संयन्त्रमा प्रयोग हुने विशेष पदार्थको चेकजाँचमा कार्यरत थिए

९. मन्सुर असगरी
जिम्मेवारी : रिएक्टर फिजिक्सका एक्सपर्ट
ब्यागग्राउन्ड : परमाणु रिएक्टरको सञ्चालन, सुरक्षा र प्लुटोनियम उत्पादनसँग सम्बन्धित प्रविधिमा योगदान दिँदै आएका थिए

१०. मोहम्मद काजमी
जिम्मेवारी : आरजीसीको खुफिया संगठनका प्रमुख । देशको सुरक्षा तय गर्नु । इस्लामी नियम पालना गराउने
ब्यागग्राउन्ड : २०२२ मा महसा अमीनीको हत्यापछि विरोधीहरुलाई कडाइका साथ कारबाही गर्थे

११. इसार तबातबाई–कम्शेह
जिम्मेवारी : अहिलेसम्म स्पष्ट भइसकेको छैन
ब्यागग्राउन्ड : इरानी मिडियाले उनको नाम मात्र उल्लेख गरेका छन् । परमाणु कार्यक्रमसँग सम्बन्धित भए नभएको अष्पस्ट ।

जर्मन साइकलिस्ट पक्राउ

इरानले पहिलोपटक जर्मन साइकलिस्टलाई जासूसीको आरोपमा हिरासतमा लिएको स्वीकारेको छ । आरोपीको पहिचान मारेक कफम्यानका रुपमा गरिएको छ ।

उनको दोहोरो नागरिकता रहेको र उनी यहुदी पर्यटकसम्म रहेको इरानले बताएको छ । इरानी सेनासँग सम्बन्धित मेहर न्यूज एजेन्सीले शुक्रबार साइकलिस्टको एक भिडियो जारी गरेको थियो ।

उक्त भिडियोमा इरानको सेनाको ठेगानाको फुटेट रेकर्ड गरेको कुरा स्वीकारेका छन् । इरानले कफम्यान अमेरिकी यहुदी कमान्डोसँग सम्पर्कमा रहेको र उनलाई कहाँ जाने भन्ने कुरा निर्देशन दिइने गरिको पाइएको दाबी गरेको छ ।

यस्तै शनिबार इजरायली आक्रमणबाट इरानको बन्दर–ए–महशहर क्षेत्रलाई निशाना बनाइएको छ । उक्त क्षेत्रमा इरानी सैन्य ठेगानामा आक्रमणको कारण धेरै क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com