काठमाडौ ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू संसद् बैठक चलिरहँदा बीचमै बाहिरिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गरेका विरोधमा रहेका उनीहरू बाहिरिएका हुन् ।
रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार, प्रतिपक्षी तर्फका सांसदहरूको छलफल सुनेपछि बाहिरिएका हुन् ।
‘दुई तिहाइको दम्भी आवाज किन सुन्ने भनेर हामी निस्कियौं,’ झाले भने, ‘प्रतिपक्षतर्फका १६ जना माननीयको आवाज सुन्यौं । सत्तापक्षको पालो आएपछि निस्कियौं ।’
प्रतिनिधि सभामा रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर अवरोध गर्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि उनीहरूको छ ।
यी माग पूरा गर्न सरकार तयार नभएको भनेर रास्वपाले संसद् बैठक बहिष्कार गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्