काठमाडौ ७ असार । काभ्रेमा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार बनेपा नगरपालि ७ गोदामचोक नजिकै आज दिउँसो ना ४ च ५९४५ नम्बरको योद्धा गाडीको ठक्करबाट स्कुटमा सवार पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा काभ्रेको तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा बसपार्क नजिक डेरा गरेर बस्ने करिब ४५ वर्षीय ज्ञानध्वज तामाङ रहेका छन्।
बनेपा(पनौती सडक खण्डमा पनौतीबा बनेपा तर्फ आँउदै गरेको गाडीले बा।प्र।०२(०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गाडीका चालक फरार रहेका र गाडी धनी धनुषाको जनकपुर उपमाहानगरपालिका १३ का अजय यादवलाई घटनाको विषयमा जानकारी गराइएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्