ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँग युद्धविरामका लागि हामीले अनुरोध गरेको होइ- पाकिस्तान


abc news
असार ७, २०८२ शनिबार  १२ : ४७ बजे

काठमाडौ ७ असार । पाकिस्तानले गत मे महिनामा दुई देशबीच भएको युद्धविराम आफ्नो अनुरोधमा भएको थियो भन्ने भारतको दाबीलाई अस्वीकार गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारतीय मिडियाले युद्धविरामका लागि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर इशाक डारले भारतसँग अपिल गरेको भनी गरेको दाबी खण्डन गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘भारतको कारबाहीपछि पाकिस्तानले युद्धविरामको माग गरेको भन्ने दाबी हामी पूर्ण रूपमा अस्वीकार गर्छौं।’

बरु भारत र पाकिस्तानबीच युद्धविराम ल्याउन साउदी अरेबिया र अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्पूर्ण घटनाले देखाउँछ( पाकिस्तानले युद्धविरामका लागि कसैलाई पनि आग्रह गरेको छैन। १० मे २०२५ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक डारलाई फोनमा जानकारी गराए( यदि पाकिस्तान चाहन्छ भने भारत युद्धविरामका लागि तयार छ। पाकिस्तानले यसमा सहमति जनाएको मात्र हो।’

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार रुबियोको फोन बिहान ८स्१५ बजे आएको थियो र बिहान ९ बजेतिर साउदी विदेशमन्त्री राजकुमार फैसलले पनि इशाक डारलाई फोन गरेर भारतका विषयमा सोही जानकारी दिएका थिए।

यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको फोन वार्ता भएको जानकारी दिएका थिए। त्यस क्रममा मोदीले ट्रम्पलाई स्पष्ट रूपमा भारतले अमेरिकाको मध्यस्थतामा नभई पाकिस्तानकै अनुरोधमा युद्धविराम गरिएको दाबी गरेका थिए।

तर अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नो पहलका कारण भारत र पाकिस्तानबीच युद्ध रोकिएको दाबी गरिरहेका छन्।

गत अप्रिल २४ ९वैशाख ११० भारत प्रशासित जम्मु(कश्मीरको पहलगाममा २६ जना पर्यटकको हत्या भएपछि यो आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले मे ७ मा हमला सुरु गरेपछि दुई देशबीच हानाहान भएको थियो।

तर मे १० तारिख साँझ मे ७ मा भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com