काठमाडौ ४ असार । हेटौंडा उपमहानगरपालिका(१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ ।
भूमि सम्बन्धि समस्या देखाउदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चारजनाको समूहले उनमाथि कार्यकक्षमै आक्रण गरेका हुन् । उनीहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापि दिएका छन् ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानिय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिंता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागि रहदा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको हो ।
केही दिन अघिबाट हेटौंडा(१ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो।








प्रतिक्रिया दिनुहोस्