ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाउन्नेमा गाडी फस्दा ४५ किलोमिटर लामो जाम


abc news

काठमाडौ ४ असार । गएरातिको वर्षापछि हिलाम्य भएर गाडी फसेका कारण यहाँ ४५ किलोमिटर लामो जाम भएको छ। गएराति २ बजेबाट दाउन्नेको हिलोमा फसेको गाडी निकाल्न नसक्दा त्यहाँ रोकिएका गाडीको जाम ४५ किलोमिटर टाढासम्म पुगेको छ। लगातार १३ घण्टादेखि महेन्द्र राजमार्ग हुँदै पूर्व(पश्चिम हिँडेका गाडी यहाँ रोकिएका छन्।

महेन्द्र राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्वी नवलपरासीको चोरामारासम्मको क्षेत्रमा ४५ किलोमिटर लामो जाम छ। दाउन्नेमा एम्बुलेन्स समेत संचालन हुन सक्ने अवस्था छैन।

काठमाडौँबाट धनगढी हिँडेका मोहनदेव नाथले आफू परिवार र बच्चा सहित दुम्कीवासमा गएराति २ बजेदेखि फसेको सुनाए । ुयहाँ सरकार नै छैन, सरकार भएको देश यस्तो हुन्छरु राजमार्गमा हेर्नुस् त यात्रुको बिजोग,ु उनले भने, ुम यहाँ होटल लिएर बसेको छु । दाउन्ने सडक खण्डको यस्तो दुर्दशा भएको ७ वर्ष भयो खै सरकार रु यात्रुहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गर्नपर्ने भयो।ु

ब् द्धछ(फ यिलन तचबााष्अ वबm धजभल ब खभजष्अभि नयत कतगअप ष्ल म्बगलभ

गएराति परेको वर्षाका कारण दाउन्ने सडक हिलाम्य हुँदा त्यहाँ गाडी फसेका छन् । चर्को घाम लागेर राजमार्ग नसुकुन्जेल जाम हटाउन सक्ने स्थिति छैन । दुम्कीवासबाट ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलमा फसेका मालबहाक गाडी बुधबार दिउँसो सवा ३ बजेसम्म निस्कन सकेको छैन।

ज्यउभ क्ष्ख्ँ
न्यिदब िक्ष्ःभ् ग्उमबतभम ःबथ ज्ञद्द
क्गलचष्कभ दबलप
यता दुम्कीवासस्थित विनयी खोलामा गएराति बगाएको डाइभर्सन निर्माण हुन नसक्दा त्यहाँदेखि चोरमारासम्म लामो जाम छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालले दाउन्ने पहाडमा जाम नहोस् भनेर ठाउँठाउँमा प्रहरी राखेर पूर्वी र पश्चिम नवलपरासीका विभिन्न स्थानमा गाडी रोकिदिएको जानकारी दिए।

ब् द्धछ(फ यिलन तचबााष्अ वबm धजभल ब खभजष्अभि नयत कतगअप ष्ल म्बगलभ

दाउन्नेमा बाटो खुल्नासाथ साना गाडी र यात्रुबहाक बसलाई पहिला प्राथमिकतामा राखेर यातायात सन्चालन गर्ने चेष्टा गरेको ढकालले जानकारी दिए । पूर्व पश्चिम हिँडेका सबै मालबहाक र रित्ता ट्रक प्रहरीले दाउन्ने खण्डमा जाममा नपरून् भनेर प्रहरीले रोकेको हो।

राजमार्गमा गाडीले नउछिनुन् भनेर पूर्वी नवलपरासीका ठाउठाउमा ७७ जना प्रहरी राजमार्गमा खटाइएको ढकालले जानकारी दिए। दुम्कीवास स्थित विनयी खोलामा बगाएको डाइभर्सन सडकले निर्माण गरिरहेको छ। बिनयीखोलाको बाढीमा जति ग्राभेल हालेर डाइभर्सन ९ अस्थायी सडक ० निर्माण गर्न खोज्दा पनि बगाएर हैरान छ ।

विनयी खोलामा निर्माण गरिने डाइभर्सन सानो बाढी आउना साथ बगाउँछ । खोलाको वेग बढी भएका कारण त्यहाँ निर्माण गरिने डाइभर्सन मंगलबारसम्म ७ पटक बगाइसकेको छ। ६ महिनाअघि दुम्कीवासस्थित विनयी खोलामा रहेको फलामे पुलमा गह्रुँगो मालबहाक ट्रक आउँदा भाँच्चिएपछि त्यहाँ डाइभर्सन गरेर महेन्द्र राजमार्गको यातायात सुचारु भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com