काठमाडौ ४ असार । बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँका पाँच वटा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ ।
यस्तै डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–गलंगा हाइवे सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।
यसैगरी धनकुटाको रवि राके भेडेटार सडक, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडक खण्ड एकतर्फी बनेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्