काठमाडौ ४ असार । इजरायली सेनाले लडाइँको छैटौँ दिन बुधबार इरानमा धेरै युरेनियम सेन्ट्रिफ्युज तथा हतियार उत्पादनस्थलमा आक्रमण गरेको दाबी गरेको छ।
सेन्ट्रिफ्युज युरेनियम संवर्धनका लागि प्रयोग हुने मेसिन हुन्।
इजरायली सेनाले विज्ञप्ति जारी भनेको छ, ‘५० भन्दा बढी विमानद्वारा गरिएका यी आक्रमणले तेहरानमा रहेका सेन्ट्रिफ्युज उत्पादन पूर्वाधारका साथै धेरै हतियार उत्पादनस्थललाई निशाना बनाएका छन्।’
जसमा सतहदेखि सतहसम्म प्रहार गर्ने क्षेप्यास्त्र जम्मा गर्न कच्चा पदार्थ र अन्य चिजहरू उत्पादन गर्ने पूर्वाधार पनि छन्।
सुरुमा जुन १३ मा इजरायलले इरानको ुआणविक कार्यक्रमुसँग सम्बन्धित स्थलमा आक्रमण गरेयता दुई देशबीच द्वन्द्व जारी छ।
बीबीसीका अनुसार, इजरायल(इरान द्वन्द्वको छैटौँ दिन इजरायलले इरानमा आक्रमण तीव्र पारेको छ। इरानले पनि इजरायलमा थप क्षेप्यास्त्र प्रहार गरेको छ।








प्रतिक्रिया दिनुहोस्