काठमाडौ ४ असार । नेकपा एकीकृत समाजवादीले छ वटा प्रदेशका ५० जिल्लामा पार्टीको जिल्ला अधिवेशन सकेको छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ५० जिल्लामा अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिएको एकीकृत समाजवादीले जनाएको छ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ।
बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने पनि अर्यालले बताए। रासस








प्रतिक्रिया दिनुहोस्