काठमाडौ ४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बुधबार बिहान अमेरिकाका राष्ट्रपति ट्रम्पलाई फोन गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवै राष्ट्रप्रमुखले करिब ३५ मिनेट कुराकानी गरे।
यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आतंकवादको मुद्दा उठाए। अपरेसन सिन्दूरका विषयमा छलफल भयो।
भारतका विदेश सचिव विक्रम मिश्रीले भिडिओ सेयर गर्दै यो जानकारी दिएका हुन्।
प्रधानमन्त्री मोदी हाल जी(७ शिखर सम्मेलनका लागि क्यानडामा छन्।
ट्रम्प पनि यस शिखर सम्मेलनका लागि त्यहाँ पुगेका थिए, तर इजरायल र इरानबीच द्वन्द्व बढेपछि उनी बीचैमा फर्किएका थिए।
यसैबीच भारतका प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुरा गरेका हुन्।
विदेश सचिव विक्रम मिश्रीले जी(७ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भेटवार्ता हुने तय भएको थियो।
तर ट्रम्प बीचमै फर्किएकाले भेटवार्ता हुन सकेन। यसपछि उनीहरूबीच आज फोनमा कुराकानी भएको भारतका विदेश सचिव मिश्रीको भनाइ छ।
पाकिस्तानका सेना प्रमुख असिम मुनिर आजै अमेरिकाका राष्ट्रपति ट्रम्प भेट्न ह्वाइट हाउस जाँदै छन्।
त्यसअघि ट्रम्प र मोदीबीच फोनमा कुराकानी भएको हो। त्यसैले यसलाई महत्त्वपूर्ण मानिएको छ।








प्रतिक्रिया दिनुहोस्