ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार


abc news

काठमाडौ ४ असार । स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार भएका छन्।

वालिङ नगरपालिका(१० का वडाध्यक्ष सुनिल खनालले मंगलबार रास्वपा नेताहरू मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका थिए।

आले रास्वपाको केन्द्रीय सदस्य हुन्। नेपाल पनि स्थानीय चल्तापुर्जा नेता हुन्।

उनीहरूले स्याङ्जाको आँधिखोलामा गैरकानुनी उत्खनन् गरेको भन्दै त्यसलाई रोक्नका लागि अभियान सञ्चालन गरेका थिए। मंगलबार नै संघर्ष समिति पनि गठन गरेको थियो।

समितिको कार्यक्रमबाट फर्किँदै गर्दा उनीहरूमाथि वालिङ(९ सुर्कौंदीमा वडाध्यक्ष खनालले रड प्रहार गरेका थिए।

रास्वपा नेता नेपालले वडाध्यक्षले आफूहरूलाई यसअघि पनि धम्की दिँदै आएको र मंगलबार बाटो छेकेरै आक्रमण गरेको बताएका छन्।

‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने,’ उनले भनेका छन्, ‘मैले रड हातले छेक्दा हातमा लागेको छ, हेल्मेट लगाएको भएर जोगिएँ।’

घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी समेत दिइसकेका छन्।

जाहेरी दर्ता भएको र वडाध्यक्ष खनालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले जानकारी दिए।

उहाँ ९वडाध्यक्ष खनाल० सम्पर्कमा हुनुहुन्न। खोजीका लागि हिजैदेखि स्थानीय प्रहरी परिचालन भएका थिए। जिल्लाबाट पनि प्रहरी खटाइएको छ, डिएसपी चौधरीले भने।

डिएसपी चौधरीले वडाध्यक्षमाथि अनुसन्धान र कारबाही हुने बताए।

उहाँलाई कारबाही हुन्छ। प्रहरी त्यसमै लागि परेको छ, उनले भने।

वडा प्रहरी कार्यालयकाअनुसार मंगलबार नै प्रहरी नयाँ बजारस्थित वडाध्यक्ष खनालको घर पुगेको थियो। त्यहाँ उनी नभेटिएपछि आफन्तसँग सम्पर्क गरेको थियो।

प्रहरीले उनको व्यक्तिगत सम्पर्क नम्बर अफ रहेको जनाएको छ। तर अफिसियल नम्बरमा भने बुधबार बिहानसम्म फोन लागिरहेको थियो।

घटनाबारे छलफल गर्न बुधबार बिहान नगरपालिकामा छलफल भइरहेको नगरपालिकाका प्रवक्ता पदमराज गुरूङले जानकारी दिए।

आँधीखोला बचाउ समितिका मानिसहरूमाडि रड प्रहार भएको भन्ने सुनेपछि हामी छलफलमा जुटेका हौं। घटना के कसरी भयो भनेर हामी चासो राखिराखेका छौं। अहिले नगरमा यही विषयमा छलफल चलिरहेको छ। घटनाको विस्तृत नबुझी केही भन्ने कुरा आएन, उनले भने।

अभियान्ताले तीन बुँदे माग राख्दै उनीहरूले मंगलबार संघर्ष समिति घोषणा गरेका थिए।

आँधीखोलाबाट नदीजन्य पदार्थ प्रयोगका लागि जिल्लाभरिको एकरूप नीति तय गर्न संरक्षणविद, विज्ञ र पालिका प्रतिनिधीहरू सम्मिलित समिति गठन गर्ने र २ महिनाभित्र नीतिगत स्पष्टता ल्याउनुपर्ने उनीहरूको माग थियो।

त्यस्तै उत्खननको सम्पूर्ण दस्तावेज, प्रक्रिया र नीतिगत निर्णय सार्वजनिक गरी स्थानीयसँग यही स्थानमा परामर्श गरी समाधान निकाल्ने पनि उनीहरूले माग राखेका थिए।

वालिङ क्षेत्रभित्र गरिएको उत्खननबाट सिर्जना भएको जोखिम र आउन सक्ने विपदबाट जोगाउन प्रभावित कृषियोग्य जग्गा जमीनको संरक्षणका लागि तत्काल तटबन्धको व्यवस्था गर्न पनि माग राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com