ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली


abc news
असार २, २०८२ सोमबार  ५ : ०३ बजे

काठमाडौ २ असार । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय खेलमा सोमबार शतक पूरा गर्दैछ।

नेपालले सन् २०१४ मा हङकङविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको थियो।

स्कटल्यान्डमा हुने टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग आज सोमबार हुने खेल नेपाली पुुरुष क्रिकेट टोलीको एक सयौँ अन्तर्राष्ट्रिय खेल हो।

नेपालले नेदरल्यान्ड्ससँग अहिलेसम्म सर्वाधिक १३ पटक प्रतिस्पर्धा गरेको छ। १३ खेलमा नेपालले सबैभन्दा धेरै हार पनि डच टोलीसँग नै व्यहोरेको छ। डच टोलीसँगको १३ खेलमा नेपालले ७ खेलमा हार व्यहोरेको छ।

नेपालले यसअघि खेलेको ९९ खेलमा मलेसियासँग १० पटक भएको छ। टी–२० आई इतिहासमा सर्वाधिक जित हात पार्ने क्रममा नेपालले मलेसियालाई ९ खेलमा पराजित गरेको छ। १ खेलमा मात्र हार भोगेको छ।

हङकङसँग १२ पटक भेट भएको नेपालले युएईसँग १० पटक आमनेसामने भएको छ।

बंगलादेशसँग २ पटक विश्वकपमा भेट भएको छ। भारतसँग एसियाली खेलकुद र दक्षिण अफ्रीकासँग टि–२० विश्वकप खेलेको छ।

नेपालबाट अहिलेसम्म ४९ खेलाडीले टी–२० आई क्रिकेट खेलेका छन्। नन्दन यादवले हङकङमा ४९ औँ टी–२० क्याप पाएका थिए।

नेपालका लागि सोमपाल कामी, करण केसी र दिपेन्द्र सिंह ऐरिले सर्वाधिक टी–२० आई खेलेका छन्। नेपालका लागि यी तिन खेलाडीले समान ७८ पटक नेपालका लागि खेलेका छन्।

नेपालले पहिलो पटक टी–२० आई खेल्दा सोमपाल टोलीका सदस्य थिए। तर नेपालको १ सयौँ टी–२० अन्तराष्ट्रिय खेल्दा उनी टोली बाहिर छन्।

कप्तान रोहित पौडेलले ६३ टी–२० आई खेल खेलेका छन्।

नेपालका लागि अमृत भट्टराई र भुवन कार्कीले समान एक खेल मात्र खेलेका छन्।

नेपालका ९९ खेलका प्रतिद्धन्दीः
अफगानिस्तान १, बंगलादेश २, भारत १, आयरल्यान्ड ३, दक्षिण अफ्रीका १, जिम्बावे २, भुटान १, क्यानडा ३, हङकङ १२, केन्या ५, कुवेत ३, मलेसिया १०, माल्दिभ्स ३, मंगोलिया १, नामिबिया २, नेदरल्यान्ड्स १३, ओमान ८, पपुवा न्यूगिनी ६, फिलिपिन्स १, कतार ३, साउदी अरब १, सिंगापुर ३, थाइल्याण्ड १, यूएई १०, अमेरिका ३

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

सम्बन्धित

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com