ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारमाध्यमहरूमाथि सरकारी आतंक रोक्न माग गर्दै सर्वोच्चमा पेस भयो निवेदन


abc news

काठमाडौ २ असार । सञ्चारमाध्यमहरूमाथि सरकारी निकायको आतंक रोक्न आग्रह गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ।

अधिवक्ता अनन्तराज लुइँटेलले सम्पादक तथा पत्रकारहरूमाथि सरकारमातहतका निकायले समाचार प्रकाशन प्रसारण गरेकै भरमा पक्राउ गर्ने, दुस्ख हैरानी दिलाई धरपकड गर्ने सम्मको कार्य भएको उल्लेख गर्दै निवेदन पेस गरेका हुन्।

निवेदनमा उनले अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग नरोक्न अन्तरिम आदेशको माग गरेका छन्। सर्वोच्च अदालतमा पेस भएको उक्त निवेदनबारे अध्ययन भइरहेको लुइँटेलले जानकारी दिए।

उनले २०७६ पुस २४ मा संवैधानिक इजलासमा दायर गरेको रिटमै अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौती आइरहेको र पत्रकारहरु पक्राउ पर्ने सम्भावना रहेको भनी दायर मुद्दा समेत विचाराधीन रहेकोले सो मुद्दाकै प्रक्रियाबाट सम्पादकमाथिको धरपकड रोक्न अन्तरिम आदेशको माग गरेका छन्।

उक्त निवेदनमा संवैधानिक इजलासमा विचाराधीन मुद्दाकै पूरक निवेदनको रुपमा हेरी सम्पादक र पत्रकारलाई समाचार लेखेकै भरमा धरपकड नगर्नू भन्ने अन्तरिम आदेश माग गरिएको छ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ का प्रावधानले सञ्चारमाध्यममाथि राज्यले अंकुश लगाउन सक्ने भन्दै २०७६ सालमा दायर भएको उक्त रिटको अन्तिम सुनुवाइ साउन २८ लाई तोकिएको छ।

उक्त ऐनको दफा ८ को उपदफा ९१०, ९२०, दफा १५ उपदफा ९ख० मा सञ्चार माध्यमबाट प्रशारण गरिने सामग्रीको परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने व्यवस्थाले प्रत्यक्षत विज्ञापनमा पूर्वप्रतिबन्ध लगाएको, उपदफा ९ङ० मा नभए नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य वा यस ऐनविपरीत विज्ञापन गरिए वा नगरिएको अनुगमन गर्ने वा गराउने नाममा सञ्चारमाध्यमलाई सरकारमातहतमा राख्न खोजिएको रिटमा दाबी गरिएको छ।

विज्ञापन ऐनको दफा १५ उपदफा ९ख० मा सञ्चार माध्यमबाट प्रशारण गरिने सामग्रीको परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने व्यवस्थाले प्रत्यक्षत विज्ञापनमा पूर्वप्रतिबन्ध लगाई अभिव्यक्ति स्वतन्त्रता नै निस्तेज बनाउने उद्देश्य लिएको, दफा २३ ९१० मा छापा तथा विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापनले कानुनबमोजिमको मापदण्ड पूरा गरे या नगरेको विषयमा प्रदेश कानुन बमोजिम सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने मन्त्रालयले अनुगमन तथा नियमन गर्न सक्ने व्यवस्था आपत्तिजनक रहेको र दफा २३ ९३० मा नियम वा मापदण्डको पालना नगरेको पाइएमा विज्ञापन बन्द गर्न वा हटाउन सक्नेछ भन्ने व्यवस्था संविधानको धारा १९ को स्पष्ट रुपमा खिलाफमा रहेको दाबी गरिएको छ।

विज्ञापन ऐनको दफा २३ ९४० मा सजाय गरिने र उपदफा ९५० मा प्रदेश सरकारले नियमनको व्यवस्था निर्धारण गराउने व्यवस्था उपदफा ९४० मा कसूर हुने काम गरेको पाइएमा त्यस्तो व्यक्तिलाई कारबाहीको सिफारिस गरी सम्बन्धित निकायमा पठाउन सकिने व्यवस्था र उपदफा ९५० मा समेत स्थानिय निकायले निर्धारण गरे बमोजिम हुनेछ तथा दफा २५ ९४०र ९५० मा स्पष्ट रुपमा कुनै सम्पादकले समेत ऐनको उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी कुनै कुरा प्रकाशन गरेमा सजायको भागीदार हुने व्यवस्था गरिएको उल्लेख छ ।

उक्त रिटमा अदालतमा विचाराधीन रहिरहेकै अवस्थामा विपक्षी निकाय मातहतबाट सम्पादकहरुलाई समाचार लेखेकै आधारमा धरपकड गर्ने, पक्राउपुर्जी जारी गर्ने लगायतका कार्यहरु भइरहेको भनी चौथो अंग मानिने सञ्चारमाध्यमलाई आतंकित पारी धारा १७, १९ प्रदत्त मौलिक हकको प्रचलनमा असर पर्ने गरी समाचार प्रकाशन, प्रशारण गरेकै भरमा सम्पादक तथा लेखकलाई धरपकड, गर्ने छेकथुन गर्ने तथा हैरानी दिलाउने कार्य नगर्नू नगराउन अन्तरिम आदेश माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com