ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीका लागि उडेको एयर इन्डियाको जहाजमा समस्या देखिएपछि हङकङ नै फर्कियो


abc news
असार २, २०८२ सोमबार  ३ : ४५ बजे

काठमाडौ २ असार । सोमबार नयाँ दिल्लीका लागि उडेको एयर इन्डिया बोइङ ७८७(८ ड्रिमलाइनर समस्या देखिएपछि हङकङ नै फिर्ता भएको छ।

सोमबार दिउँसो हङकङ विमानस्थलबाट प्रस्थान गरेको विमान १ घण्टामा हङकङ नै फर्किएको थियो। उडान ट्र्याकिङ एप फ्लाइटराडार२४ ले देखाएअनुसार एआई३१५ दिउँसो १२स्१६ मा हङकङबाट प्रस्थान गरेको थियो।

तर, ६ घण्टाको उडानका लागि प्रस्थान गरेको विमान १ घण्टामा हङकङ नै फर्किएको थियो। हङकङ विमानस्थल प्राधिकरणकाअनुसार उडान दिउँसो १ बजे सहरको विमानस्थलमा फर्किएको थियो। ‘स्थानीय स्ट्यान्डबाइ’ अनुरोधपछि करिब १स्१५ बजे सुरक्षित अवतरण भएको थियो।

स्ट्यान्डबाइ शब्दले त्यस्तो अवस्थालाई जनाउँछ जहाँ विमानस्थल नजिक पुग्ने विमानमा त्रुटि भएको थाहा हुन्छ वा शंका गरिन्छ तर यो समस्याले सुरक्षित अवतरण गर्नमा उल्लेखनीय कठिनाइ उत्पन्न गर्दैन।

पाइलटले विमानमा प्राविधिक समस्या भएको शंका गरे र सुरक्षा सावधानीका लागि हङकङ फर्कने निर्णय गरेको एयर इन्डियाले बताएको छ।

यो समाचार यस्तो अवस्थामा आएको छ, जबकि ५ दिनअघि मात्र एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर उड्नेबित्तिकै दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको थियो। त्यतिबेला विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको थियो। साथै, विमान बजारिएको ठाउँमा पनि मानिसहरू हताहत भएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com