ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन


abc news

काठमाडौ २ असार । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक ढुण्डीराज शास्त्री ९पौडेल० को निधन भएको छ । काठमाण्डौको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे उहाँको ९० वर्षको उमेरमा निधन भएको हो ।

छोराहरू देशबाहिर रहेकाले उहाँहरू आएपछि श्रद्धाञ्जलीसहित अन्तिम संस्कार गरिने उहाँका परिवारिक सदस्य अशोक पौडेलले जानकारी दिनुभयो ।

अर्घाखाँचीको साविक किमडाँडा पञ्चायतको–८ अहिले भूमिकास्थान नगरपालिका वडा नम्बर ८ निमडाँडामा बुबा खेमराज पौडेल र आमा सावित्रा पौडेलको जेठो सन्तानको रूपमा १९९३ सालमा शास्त्रीको जन्म भएको थियो । बनारसमा २०१० सालमा पढ्दादेखि नै उहाँ नेपाली कांग्रेसको राजनीतिको सम्पर्कमा आइसक्नुभएको थियो । त्यसपछि उहाँ पढाइ सकेर घर आएपछि भूमिगत रूपमा नेपाली कांग्रेसको सङ्गठन विस्तारमा लाग्नुभएको थियो ।

शास्त्रीले २०१४ सालमा नेपाली कांग्रेसले शुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै पाल्पा तानसेनमा भाग लिनुभएको थियो । २०१५ सालको आमचुनावमा सक्रिय रूपमा लाग्नुभएका उहाँले २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा संसद् भङ्ग गरी नेताहरूलाई जेल हालेको समयमा गुल्मी–अर्घाखाँचीका लडाकु युवाहरूलाई क्रान्तिमा संलग्न गराउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

२०१७ सालपछि शास्त्रीले भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । त्यो समय उहाँले भारतको गोरखपुर महाविद्यालयमा प्राध्यापकका रूपमा समेत काम गर्नुभयो । उहाँले नेपालमा प्रजातन्त्र ल्याउनका निम्ति विभिन्न पर्चा, पम्प्लेट, पत्रिका छापेर नेपाल पठाउने गर्नुहुन्थ्यो ।

बीपी कोइरालाका कट्टर अनुयायी ढुण्डीराज शास्त्री समाजवादका व्याख्याता हुनुहुन्छ । उहाँबाट पार्टीको सदस्यता लिएका नेतारकार्यकर्ता अझै पनि पार्टीप्रति प्रतिबद्ध छन् । उहाँले २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेल्नुभएको कांग्रेसजन बताउँछन् ।

२०४६ सालको जनआन्दोलनबाट प्राप्त बहुदलीय प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा भएको चुनावमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट सांसदमा भारी मतले विजयी भएपछि शास्त्री उद्योगमन्त्री बन्नुभएको थियो । २०५१ सालको मध्यावधि चुनावमा विजयी हुनुभएका उहाँ त्यसपछि पार्टीले बारम्बार समानुपातिक सांसद बनाउन खोज्दा पनि अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com