ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन बार जन्मिने मानिसको स्वभाव कस्तो ?


admin

काठमाडौं, १३ चैत । ज्योतिषशास्त्रका अनुसार मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । बालक जन्मेको बार र समयले उसको स्वाभाव, चरित्र र जीवनको विकासक्रम निर्धारण गर्ने कुरा ज्योतिषहरुले बताउने गरेका छन् । ज्योतिषशास्त्रलाई आधार मान्दा यी बारमा जन्मेका व्यक्तिको स्वभाव यस्तो हुने गर्दछ –

आइतबार
१। आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२। तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३। निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
४। तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५। तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
६। तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
७। तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
८। तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
९। तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०। तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भएर पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

सोमबार
१। सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२। तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३। तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४। तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५। तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६। तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७। सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८। सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९। तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०। हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलबार
१। मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२। यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३। यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४। मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५। उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६। यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७। यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८। यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९। यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०। उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११। कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२। स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार
१। बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२। तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३। तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४। तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५। तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६। तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
७। सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
८। तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९। तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
१०। तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
११। तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
१२। तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहिबार
१। बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२। तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३। तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४। तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५। तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६। स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७। तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८। तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९। तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।
१०। बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११। स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२। बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार
१।शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२। तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३। तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४। तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५। तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६। यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
७। तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८। तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९। तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०। तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
११। तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
१२। तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

शनिबार
१।शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२। तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३। तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४। तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५। तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६। तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
७। तपाईंलाई संगीत र खेलमा रुची हुन्छ ।
८। तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
९। तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
१०। तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
११। तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

 

मिल्यो त? कमेन्ट र सेयर गरौ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com