काठमाडौ २२ जेठ । बाराको इलाका प्रहरी कार्यालय, सिमराकी इन्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी शुभद्रा वाइवामाथि छानविन सुरु भएको छ।
उनलाई प्रहरी प्रधान कार्यालय तानेर हेडक्वार्टरने छानविन थालेको हो।
वाइवालाई हेडक्वाटर तानेपछि सिमराको इन्चार्जमा मोरङमा कार्यरत डीएसपी वेद जोशीलाई जिम्मेवारी दिइएको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए।
वाइवा गएको पुसमा सिमरा सरुवा भएकी थिइन्। जितपुर सिमरा उपमहानगरपालिकाले तेलको कुपन कम दिएको भन्दे विवाद गरेको उजुरी परेपछि हेडक्वार्टरले उनीमाथि छानविन थालेको हो।








प्रतिक्रिया दिनुहोस्