ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थाले


एबीसी न्यूज
जेष्ठ २१, २०८२ बुधबार  ७ : ५४ बजे

काठमाडौं, २१ जेठ । यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थालेका छन् ।गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।अस्ति सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् । सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो । हिजो बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ नियमावली’लाई एक महिनाको लागि स्थगित गरेपछि यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।
छलफलपछि अहिलेका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो ।सरकार र यातायात व्यवसायीबीच पटक–पटक वार्तापछि भएको सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । त्यसैका आधारमा गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com