ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडियामा जानेदेखि प्रहरीमा उजुरी हालेर फसाउनेसम्मको धम्कीदिदै करोडौं असुलेको आरोप


एबीसी न्यूज

काठमाडौं, १९ जेठ । गोरखाकी तारा गुरुङ करिब एक महिनादेखि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासत छिन् । गोरखाको शहीद लखन गाउँपालिका–९ घर भई टोखा नगरपालिका–३ बानियाँटार बस्दै आएकी ३३ वर्षीया ताराविरुद्ध अहिले ललितपुर जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ ।

२० वैशाखमा पक्राउ परेकी तारामाथि प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) को अनुसन्धान गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमा पठाएको थियो । सरकारी वकिल कार्यालयमा १६ जेठमा अदालतमा उनीविरुद्ध मुद्दा दायर गर्‍यो । बीचमा बिदा परेकाले उनीमाथिको सुनुवाइ सकिएको छैन । मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा भइरहेको सुनुवाइमा थुनछेक बहस सकिएको अवस्थामा आजै पुर्पक्षका लागि थुनामा पठाउने, साधारण तारेख वा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउनेछ ।

करिब एक महिनादेखि प्रहरी हिरासतमा रहेकी ताराले प्युठान घर भई ललितपुर बस्दै आएका विश्वकर्मा थरका एक जग्गा व्यवसायीलाई हनी ट्र्यापमा पारेको आरोप छ । ताराविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५३ को (२) बमोजिमको कसुर गरेको भन्दै उपदफा ३ को खण्ड (ख) बमोजिमको सजाय माग गरिएको छ । जसअनुसार ९२ लाख ४६ हजार २९० रुपैयाँ बिगो मागदाबी गर्नुका साथै ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना समेत माग गरिएको छ ।
करिब एक महिनादेखि प्रहरी हिरासतमा रहेकी ताराले प्युठान घर भई ललितपुर बस्दै आएका विश्वकर्मा थरका एक जग्गा व्यवसायीलाई हनी ट्र्यापमा पारेको आरोप छ । हनी ट्र्यापको यो श्रृंखला भने करिब साढे ३ वर्षअघिबाट सुरु भएको पाइएको छ । अहिले हिरासतमा रहेकी तारा गोंगबुस्थित टप राजधानी दोहोरी साँझमा काम गर्थिन् । सोही दोहोरी साँझमा गएको बेला विश्वकर्मा र ताराको भेट २४ मंसिर २०७८ मा भएको थियो । सोही क्रममा उनीहरूबीच चिनजान हुनेदेखि सामाजिक सञ्जालमा साथी बन्ने र फोन नम्बर आदान–प्रदान समेत भयो । त्यसपछि उनीहरूबीच शारीरिक सम्बन्ध समेत भएको पीडित युवकले जाहेरीमा उल्लेख गरेका छन् । त्यही शारीरिक सम्बन्धलाई आधार बनाउँदैपछि ताराले ब्ल्याक मेलिङ गर्दै रकम असुलीको माध्यम बनाएको पीडित युवकको बयान छ ।

रकम नदिएमा मिडियामा जानेदेखि प्रहरीमा उजुरी हालेर फसाउनेसम्मको धम्की आएको ती युवकले बताएका छन् । धम्क्याउनका लागि प्रहरी कार्यालय अघि गएर फोटो खिच्दै म्यासेन्जसमा पठाउने र रकम नदिए उजुरी हाल्ने भन्दै बार्गेनिङ गरेको उनले बताएका छन् । प्रहरी अनुसन्धानका क्रममा पनि ताराले आत्महत्या गर्न लागे भन्दै झुन्डिन लागेको भिडिओ, फोटो, प्रहरी कार्यालय अघि खिचेर पठाइएका तस्वीर समेत फेला परेका छन् ।

बलात्कारको मुद्दामा फसाउने भन्दै ब्ल्याकमेलिङ गर्दै रकम माग्न थालेपछि बाध्य भएर आफूले साथीको खातामार्फत ४९ लाख ६२ हजार ३९० रुपैयाँ ताराको खातामा हालेको उनले बताएका छन् । जसमध्ये ६ पटकमा नगदै २ लाख ५० हजार रुपैयाँ दिएको उनले बताएका छन् ।बाँकी २७ पटक बैंक खातामा रकम हालेको भन्दै स्टेटमेन्ट समेत पेस गरिएको छ । यो रकम सोझै तारा गुरुङको खातामा हालेको ती युवकको दाबी छ । ८ लाख ९२ हजार ३५७ रुपैयाँ भने ताराले भनेका व्यक्तिको नामका खातामा जम्मा गरिदिएको युवकले दाबी गरेका छन् । यो नगदै रकम लिएको विवरण हो ।

यो बाहेक करिब ३४ लाख बराबरका जिन्सी सामान तारालाई दिएको पीडितले प्रहरीसमक्ष बताएका छन् । आईफोन ११ प्रो, आईफोन ६ एस, आईफोन १३ प्रो-म्याक्स, आईफोन १४ प्रो-म्याक्स, आईफोन १५ प्रो–म्याक्स मोबाइल पनि उनलाई किनिदिएको पीडितको दाबी छ । यसका साथै अन्य फोन, एअर वर्ड, घडी, सुनका औंठी, ब्रास्लेट, टप, नेक्लेस, सिक्री पनि ताराले लगेको पीडितको भनाइ छ । यो बाहेक दाङको लहमी नगरपालिका–७ मा रहेको कित्ता नम्बर ३३५ को क्षेत्रफल ५५०.२९ वर्गमिटर क्षेत्रफलको २० लाख रुपैयाँ पर्ने जग्गा समेत गुरुङको नाममा पास गरिदिएको खुलेको छ ।

जिन्सी सामान मात्रै ३३ लाख ९१ हजार ५४३ रुपैयाँ खर्च भएको बताइको छ । जम्मा गरेर ९२ लाख बढीको ताराले ब्ल्याकमेलिङ गर्दै असुलेको उनले बताएका छन् ।निरन्तर ब्ल्याकमेलिङ गर्दै करिब एक करोड रुपैयाँ असुल्दा पनि पुनः रकम माग्न थालेपछि आजित भएर २६ चैत २०८१ मा प्रहरीमा जाहेरी दिएको पीडित युवकको बयानमा उल्लेख छ । पीडित युवकले भनेअनुसार ताराको कोठाबाट प्रहरीले सुनका केही गरगहना समेत बरामद गरको छ ।

अनुसन्धानका क्रममा पनि पीडित युवकले गुरुङलाई नगद र जिन्सी लगायतका केही सामान दिएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।प्रहरी कार्यालय अघि गएर फोटा खिचेर धम्क्याएको नभई सम्बन्ध टिकाउन आफूले त्यसो गर्नु परेको युवतीको दाबी छ ।

‘नगद र जिन्सी दिएको देखिएको छ । सोही अनुसार आपराधिक लाभको कसुरमा मुद्दा दर्ता गरेर प्रक्रिया अघि बढेको छ,’ एसएसपी अधिकारीले भने । यता, पक्राउ परेकी युवतीले भने आफूहरू लिभिङ टुगेदरमा रहेको र हनी ट्र्यापमा पारेर रकम असुली नगरेको दाबी गरेकी छिन् । दोहोरी साँझमा भेट भएपछि दुवैबीच राम्रो सम्बन्ध भएको र रिलेसनसिपमा रहेको बताएकी छिन् ।त्यसपछि दुबई, पाकिस्तान, मुम्बई, गोवा, दिल्ली घुम्न गएको बताएकी छन् ।

ती व्यवसायीले दिएका सबै जिन्सी तथा नगद बार्गेनिङ गरेर मागेको नभई उनले उपहारस्वरूप दिएको दाबी गर्दै युवतीले बयान दिएकी छिन् । रकम भने खर्च र पर्सनल भन्दै दिएको युवतीको दाबी छ ।प्रहरी कार्यालय अघि गएर फोटा खिचेर धम्क्याएको नभई सम्बन्ध टिकाउन आफूले त्यसो गर्नु परेको युवतीको दाबी छ । ‘सम्बन्ध बिग्रन लागेपछि मर्छु, आत्महत्या गर्छु भन्दै म्यासेज गर्ने फोटो, भिडिओे पठाउने गरेको हुँ । सम्बन्ध जोगाउनकै लागि प्रहरी कार्यालय अघि गएर फोटो खिचेर पठाएको हुँ । ब्ल्याकमेलिङ गरेको होइन,’ युवतीको बयानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com