ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धकी लडाकु राईको छर्रा निकाल्न उपचारका लागि सहयोगको याचना


admin
चैत्र १३, २०७४ मंगलबार   ४ : ०१   बजे

पाँचथर, १३ चैत । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँड्नुभएकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ ।

ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले १५ वर्षअघि लागेको गोली अहिलेसम्म पनि शरीरमै बोकेर हिँडिरहनुभएको छ ।

युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन लडाकु मनकुमार राईसँग पार्टीभित्रै विवाह गर्नुभएकी अनुपा अहिले पाँचथर सुभाङमै बस्नुहुन्छ । उहाँका श्रीमान् बिगत चार वर्षदेखि मलेशियामा वेल्डिङको काम गर्दै आउनुभएको छ ।

अनुपालाई २०५९ वैशाख २४ मा भोजपुरको चैनपुर युद्धका क्रममा गोली लागेको थियो । उहाँको टाउको र देब्रे छातीमा रहेका छर्राले अहिले धेरै पीडा दिन थालेको छ । “यसैको कारणले होला खुट्टा निदाउँछ, चलाउनै गाह्रो हुन्छ”, फिदिममा पत्रकारसँग कुराकानी गर्दै अनुपाले भन्नुभयो ।

विसं २०५७ मा ओखलढुंगाको कुइभिर माविमा ९ कक्षा पढ्दापढ्दै युद्धमा होमिनुभएको थियो अनुपा, जतिबेला उहाँ १५ वर्षकी हुनुहुन्थ्यो । “स्कूलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौँ”, उहाँले भन्नुभयो, “२०६३ सालमा छोरा जन्मेपछि पार्टीको शैन्य फाँट छोडेर आफ्नो छापामार जीवनकलामा पाँच वटा युद्ध लडेँ ।”

विसं २०५८ मंसिर १० मा सोलुखुम्बु, २०८५ माघ २२ मा काभ्रेको भकुण्डे आक्रमणमा अनुपाले वीरतापूर्वक लड्नुभयो । विसं २०५९ वैशाख २४ मा भोजपुरको चैनपुर आक्रमणमा गम्भीर घाइते हुँदापनि युद्धबाट फर्किने मन बनाउनुभएन अनुपाले, घाइते भएपछि पनि २०५९ भदौ २२ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमण उहाँले लडेको अन्तिम युद्ध हो ।

“रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ” आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भन्नुभयो, “साथीहरुले म मरेको रिपोर्ट कमाण्डरकहाँ पु¥याएछन् त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ ।” गोली लागेर बेहोस भएकी उहाँ छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुग्नुभएको थियो ।

उहाँ शहीद भएको खबर घरसम्म पनि पुग्यो तर काजकिरियाचाहिँ गरिएनछ घरमा, माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पुग्नुभयो तर छर्रा निकाल्न सकिएन । द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फाराम भरेपनि अहिलेसम्म कहीँ कतैबाट पनि क्षतिपूर्ति नपाएको उहाँले बताउनुभयो ।

आफ्नो उपचारका लागि कहाँ पुग्नुपर्छ, कति खर्च लाग्छ त्यो पनि आफूलाई थाहा नभएको उहाँको भनाइ थियो । अहिले टाउको र छातीमा रहेको छर्राका कारण दिनदिनै गाह्रो हुँदै गएको अनुपाको दुखेसो थियो ।

पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा उहाँ अझै आशावादी हुनुहुन्छ । “हाम्रै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र मजस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ”, अनुपाले पत्रकारसँग भन्नुभयो, “मेरो कुरा तपार्इंहरुमार्फत पार्टीका ठूला नेतासम्म पुग्छ भन्ने विश्वास छ ।”

माओवादी केन्द्रका हिलिहाङ गाउँपालिका इन्चार्ज रविन तिम्सिनाले भन्नुभयो, शुरुमा पार्टीले द्वन्द्वपीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुटेकाले राज्य पक्षबाट कुनै किसिमको सहयोग जुटाउन नसकिएको तर उहाँको उपचार जसरी पनि हुनुपर्छ भनेर लागिरहेको उहाँको भनाइ थियो ।

अनुपाका १२ वर्षीय छोरा अहिले फिदिमस्थित नयाँ नमूना मावि कक्षा–७ मा पढ्दैछन् भने उहाँ सुभाङमै सासूआमासँग बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group