ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसप्रति ओलीको कटाक्ष : घरझगडा घरभित्रै गर्नुस्, आँगनमा तमासा नगर्नुस्


abc news

काठमाडौ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सत्तारुढ कांग्रेसका नेताहरूलाई सार्वजनिक रूपमा झैझगडा नगर्न सुझाव दिएका छन् । पार्टीभित्रका आन्तरिक कुरालाई सार्वजनिक बहसमा ल्याएर विवाद नगर्न सुझाएका छन् ।

गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा जोडेर कांग्रेसकै नेताहरूले राजीनामा माग गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले उक्त कटाक्ष गरेका हुन् ।

१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूलाई पार्टीको विवाद सार्वजनिक रूपमा छताछुल्ल नगर्न भनेका हुन् । सबै पार्टीभित्र समस्या हुनसक्ने र त्यसको समाधान आन्तरिक रूपमा नै गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । पार्टीभित्र केही समस्या हुन सक्छ । त्यो पार्टीको समस्या, व्यक्तिगत लाइक, डिस्लाइकु भन्दा पनि पार्टीभित्रका व्यैक्तिक आकांक्षाहरूले ध्रुवीकरण अथवा अरु कुनै कारणले केही पार्टीभित्र हुनसक्छ तर दल र दलका नेताहरूले त्यो कुनै पनि पार्टी, मेरो पार्टीको वा अर्को पार्टीको कसैको घरझगडा घरभित्र बसेर गर्नुस्, आँगनमा निस्केर तमासा गरेर छिमेकीलाई डिस्टर्ब नगर्नुस्, प्रधानमन्त्रीले भने ।

पार्टीभित्रको विवाद समाधानको तरिका अपनाउन प्रधानमन्त्रीले कांग्रेसलाई सुझाव दिएका हुन् । तपाईंको घरझगडा छ भने घरभित्र बसेर गर्नुस्, मजाले गर्नुस्, घरभित्र कुटाकुटचाहिँ नगर्नुहोला तर आँगनमा निस्केर वल्लो छिमेकी पल्लो छिमेकी सबैको काम डिस्टर्ब नगर्नुस्, प्रधानमन्त्रीले भने, के भयो, के(के न होला, त्यहाँ शतर्क भएर हेर्नु पनि पर्ला, कुटाकुट गरे, मारामार गरे भने त छुट्याउन जानुपर्ने अवस्था होला । त्यसो भएकाले आँगनमा निस्केर झगडा गर्नु राम्रो होइन ।

घरभित्र विवाद गर्दा नपुगेर सार्वजनिक अभिव्यक्ति र वादविवादमा उत्रिएको हो भन्ने प्रधानमन्त्रीको भनाइ थियो । घरैभित्र झगडा गरेर छिमेकीलाई डिस्टर्ब गर्नु राम्रो होइन । आँगनमा निस्केर झगडा गर्नु किन पर्‍यो रु घरभित्रको आवाजले पुगेन भनेर बाहिरै प्रसारण गर्नेगरी आवाज निकाल्नुपर्‍यो भनेर त्यहाँ भयंकर ध्वनि प्रदूषण, वातावारण प्रदूषण, सामाजिक वातावरणको प्रदूषणदेखि अनेक चिज हुन्छ । यस्तो किन गर्छन् भन्ठान्छु, यो कसैले नगरौं, उनले भने ।

विपक्षी दलहरूले आधारहीन आरोप लगाएर गृहमन्त्रीको राजीनामा मागिरहेको बताउँदै त्यसमा नलाग्न कांग्रेसका नेताहरूलाई प्रधानमन्त्रीले सुझाव दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com