ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलीको सुरक्षा तयारी : हाइप्वाइन्ट ड्यूटी, दूरवीन र ड्रोनमार्फत सुक्षम निगरानी


एबीसी न्यूज

काठमाडौं, १४ जेठ । भोली जेठ १५ गते गणतन्त्र दिवसको दिन काठमाडौंमा नेकपा एमाले र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा झाँकीसहित मनाउन विशेष कार्यक्रम गर्दैछ । राप्रपाले गणतन्त्रको विरोधमा र राजसंस्था पुनर्बहालीको मागसहित प्रदर्शन गर्दैछ ।

एमालेको सभा भृकुटीमण्डपमा हुँदैछ । सभामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले सम्बोधन गर्नेछन् ।राजावादीहरूले कहाँ प्रदर्शन गर्ने भन्ने टुंगो अझै लागेको छैन । तर, उनीहरूले घरदैलो कार्यक्रममा रत्नपार्कमा भेला हुन कार्यकर्तालाई उर्दी जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रत्नपार्कमा कार्यक्रम नगर्न राप्रपा, राप्रपा नेपालसहित राजावादी शक्तिहरूलाई अनुरोध गर्दा पनि उनीहरूले मानेका छैनन् । बरु उल्टै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न संविधानले समेत छुट दिएको जवाफ दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले राप्रपा र राप्रपा नेपालका शीर्ष नेतालाई भेटेर प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न सुझाव दिएका छन् । उनीहरूले प्रदर्शनको समय तालिकामा हेरफेर गर्नसमेत सुझाव दिएका छन् । बुधबार साँझ गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले प्रदर्शनलाई मुठभेडमा परिणत हुने नदिने र निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

त्यस्तै, प्रहरीलगायत सुरक्षाकर्मीलाई संयमतापूर्वक खटिन निर्देशन दिने र आवश्यकताअनुसार बल प्रयोग गर्ने निर्णय समेत सुरक्षा समितिले गरेको छ ।

बुधबार बिहान काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईज) टेकबहादुर तामाङले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान कार्यालयका प्रमुखसँगै प्रहरी वृत्त र प्रभागका प्रमुखलाई डाकेर बिहीबारको प्रदर्शनमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिएका छन् । ‘दुवै पक्षबाट शान्तिपूर्ण प्रदर्शन होस् भन्ने हाम्रो चाहना हो, आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्छौं,’ तामाङले भने, ‘निषेधित क्षेत्रमा हामी प्रवेश गर्न दिँदैनौं, स्थिति मुठभेडमा जान दिँदैनौं, स्थितिअनुसार आवश्यक बल प्रयोग गर्छौं ।’ उनले सुरक्षाकर्मी परिचालनको संख्या आवश्यकताअनुसार हुने बताए । बिहीबार उपत्यकाको खासगरी रिङरोडभित्र १० जनाभन्दा बढी एकै ठाउँमा भेला भए प्रहरीले सोधपुछ गरिहाल्ने भएको छ ।भीडमा घुसपैठ हुन नदिन सादा पोशाकका प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी बढाउने तयारी प्रहरीले गरेको छ । उपत्यका छिर्ने नाकाहरू नागढुंगा, बालाजु बाइपास, फर्पिङ र भक्तपुरको जगातीदेखि नै मानिसहरूको ‘स्क्रिनिङ’ गर्ने तयारी प्रहरीको छ । हाइप्वाइन्ट ड्यूटी राखेर प्रदर्शनस्थलमा दूरवीनमार्फत सूक्ष्म निगरानी गर्ने र ड्रोनमार्फत समेत प्रदर्शनस्थलको निगरानी गर्ने तयारी प्रहरीको छ । प्रहरीले पानीको फोहोरा फाल्न वाटर क्यानन तयारी अवस्थामा राखेको छ । प्रदर्शनस्थलमा सुरक्षाकर्मी रबरको गोली र ग्यास गन (अश्रुग्यास) बोकेर खटिनेछन् । रिजर्भ फोर्सको रूपमा उपत्यकाका गण र गुल्मलाई तयारी अवस्थामा राखिएको छ । प्रदर्शनस्थलमा नेपाल प्रहरीको ‘ब्याकअप फोर्स’का रूपमा सशस्त्र प्रहरी खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com