ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन मुद्दामा ट्रम्प भावनामा बहकिएको रुसको आरोप


एबीसी न्यूज

मस्को, १३ जेठ । रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भावनामा बहकिएको आरोप लगाएको छ। युक्रेन मुद्दाको विषयलाई लिएर ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई पागलको संज्ञा दिएपछि रुसले यस्तो प्रतिक्रिया जनाएको हो।

युक्रेनमा ३६७ ड्रोन तथा मिसाइल प्रहार गरेर १३ जनाको ज्यान गएपछि ट्रम्पले पुटिनलाई सामाजिक सञ्जालमा नै उनलाई केही भइरहेको बताएका थिए।

पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले यसलाई ट्रम्पको धेरै दौडधुपका कारण उत्पन्न भावनात्मक संवेगको रूपमा व्याख्या गरेका छन्।

यसैबीच जर्मन चान्सलर फ्रेडरिच मर्जले युक्रेनका सहयोगीले सहयोग गरेको आएको निश्चित दुरीको हतियारको साटो किभ टाउरस मिसाइल दिने बताएका छन्।

शनिबार र आइतबारको २४ घण्टामा ३६७ मिसाइल प्रहार गर्दै १३ जनाको ज्यान लिएको रुसी सेनाले त्यसको एक दिनपछि आइतबार र सोमबारको युक्रेनको विरुद्धमा ३५५ ड्रोन प्रहार गर्दै १० जनाको ज्यान लिएको छ।

रुसी रक्षा मन्त्रालयले त्यहाँको एयर सिस्टमले थुप्रै रुसी क्षेत्रमा प्रहार गरिएका २० ड्रोन नास गरिएको जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणमा कुनै सैन्य सोच नभएको बताउँदै लगातार युद्ध मच्चाउने र धेरेको ज्यान लिने नीति मात्र रुसको भएको आरोप लगाएका छन्।

रोयटर्सका अनुसार थप सहयोगका लागि वार्ता गर्न जेलेन्स्की बुधबार बर्लिन जाँदै छन्। यसबारे सबै कुरा पक्का भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com