काठमाडौं, १२ जेठ । पाँच प्रदेशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्छ पानी ?
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।
महाशाखाको वेभसाइटमा उल्लेख भए अनुसर झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घन्टामा ५ मिलिमिटर वर्षा भएको छ।
ललितपुरको टिकाथली, कास्कीको ज्यामिरेबारी, सुर्खेतको रातानांग्लामा पनि छिटपुट वर्षा भएको छ।
कैलालीक धनगढीमा पछिल्लो एक घन्टामा ११।६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कञ्चनपुरको दोधारामा १०।२ र कृष्णपुरमा ८।६ मिलिमिटर वर्षा मापन भएको छ।
सोमबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशको उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।







प्रतिक्रिया दिनुहोस्